विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैहि वसल्लामको जन्म जयन्ती (मिलादुन्नबी) विराटनगरमा शुक्रबार विहान विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ ।

विराटनगर महानगरपालिका क्षेत्रका मस्जिद, मदरसा र विभिन्न इस्लामिक संस्थाहरुले विशेष नमाज, कुरान तिलावत, धार्मिक प्रवचन तथा र्यालीको आयोजना गरेका छन् । विराटनगर मेन रोड स्थित जामा मस्जिदमा इस्लाम धर्मावलम्बीहरुले पैगम्बर मोहम्मदको शिक्षालाई आत्मसात गरी समाजमा भाईचाराको सम्बन्ध मजबुत बनाउनुपर्ने सन्देश दिइएको थियो ।

मस्जिद अगाडी जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको प्रमुख आतिथित्वमा नेपाली राष्ट्रिय झण्डाको झण्डोलोतन समेत गरिएको थियो ।

कार्यक्रममा सहभागी धार्मिक अगुवा , मुस्लिम समुदायहरुको बाक्लो उपस्थितीमा नगर परिक्रममा समेत गरिएको थियो । धार्मिक अगुवाहरुले पैगम्बर मोहम्मदले देखाएको सत्य, शान्ति, सद्भाव र मानवतामुखी जीवन दर्शनलाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिएका थिए ।

