विराटनगर । विराटनगरमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको जेनजी युवा समूहले विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा फेरिदिएका छन् । स्थानीय सरकारका प्रमुखसँग समेत आक्रोश पोख्दै नाराबाजी गरेका उनीहरुले गेटमा राखिएको राष्ट्रिय झण्डा फेरिदिएका हुन् ।
विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै पुगेका छन् । संसारीमाइस्थानदेखि ट्राफिकचौक, महेन्द्रचौक हुँदै रोडशेषमा पुगेका उनीहरुले त्यसपछि प्रदेशसभा भवन, जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिका अगाडी समेत प्रदर्शन गरेका हुन् ।