राटनगर । जेनजी पुस्ताले विराटनगरस्थित महेन्द्र चौकमा सडक अवरोध गरेका छन् । विराटनगरको आन्दोलन भने जेनजीको एकिकृत देखिएको छैन । विराटनगरको जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै आधा घर फर्किएका छन् ।
अहिले महेन्द्रचौकमा समेत एक समूह छ भने देवकोटा चौकमा अर्को समूह छ । आन्दोलनमा अनुशासन व्यवस्थापन हुनुपर्छ भन्दै आएकी जेनजी पुस्ताकी रोमा पराजुलीका अनुसार विराटनगरको अहिलेको आन्दोलनमा दलका कार्यकर्ताको घुसपैठ भएको छ । जसका कारण यसको उद्देश्य भन्दा बाहिर नाराबाजी गर्दै लक्षित आन्दोलन विपरित दिसामा गएको पराजुलीको भनाई छ ।
जेनजी आन्दोलनको उद्देश्य भ्रष्टचार अन्त्य र सरकारले पारदर्शिता अपनाउनु पर्ने भन्ने रहेको छ । जेनजीले सरकार सामाजिक सञ्जाल बन्द गरेर सुशासनको विपक्षमा उभिन खोजेको बुझाई राख्दै प्रदर्शन आयोजना गरेका थिए ।