विराटनगर । विराटनगरको जेनजी प्रदर्शनको क्रममा ईन्सपेक्टर अप्रिल चापागाँई घाईते भएका छन् ।
वडा प्रहरी कार्यालयको ईन्सपेक्टर आन्दोलन नियन्त्रणको क्रममा घाईते भएको जनाईएको छ ।
उनको टाउकोमा चोट लागेको हुदा न्युरो अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालयका डीएसपी अनमोल खड्काले आवर विराटनगरलाइ बताए ।