जेन–जी पारदर्शिता चाहन्छन्, सरकार गोली हान्छ

<span class='c1'>जेन–जी पारदर्शिता चाहन्छन्,</span> <span class='c2'>सरकार गोली हान्छ</span>

युवा पुस्ता, जेन–जी (सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका नागरिक) अहिले सडक आन्दोलनमा छन् । उनीहरु सामाजिक सञ्जालबाट सरकारलाई डिजिटल खबरदारी गर्दै आएका छन् । विश्वभर नै डिजिटल पुस्ताको रुपमा मानिने जेन–जी युवाहरु सामाजिक सञ्जालबाट राज्य सञ्चालकको खबरदारी गर्ने गर्दछन् । यो सुचना र प्रविधिको युगमा सामान्य पनि हो । नेपालमा पछिल्लो समय सरकारमाथि प्रश्न गर्ने विभिन्न अवस्था सिर्जना भएका छन् । जसको प्रमुख कारण भनेको, सरकार पारदर्शि छैन । वर्तमान सरकार गठन हुँदाको परिस्थिति पनि फरक थियो । सरकार गठन हुनु आफ्नालाई जोगाएर अन्य दलमाथि पूर्वाग्रहपूर्ण व्यवहार देखाउन मनसाय प्रेरित थियो । त्यसको एउटै उदाहरण, चर्चित भुटानी शरणार्थी काण्डमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरीलाई रोक्नु । त्यसपछि सरकारले गरेका कतिपय पूर्वाग्रहपूर्ण राजनीतिक प्रतिशोध र नयाँ जन्मिएका दल तथा नेतृत्वमाथि देखाएको व्यवहारले अर्को शंका जन्माइदियो ।

त्यहि क्रम चलिरहँदा सरकारले डिजिटल प्लेटफममा हुर्किरहेका र जीवनशैली बनाईरहेका युवालाई सामाजिक सञ्जाल निस्क्रिय पारेर अन्धकारमा धकेल्ने प्रयास गरिदियो । यो सरकारको प्रयासले सामाजिक सञ्जालबाट सरकारको खबरदारी गर्दै पारदर्शिता चाहिरहेका युवा सडकमा आउन बाध्य हुनु परेको हो । जेन–जी समूह भनेको रचनात्मक र केही गरौँ भन्ने ऊर्जाले भरिएको समूह थियो । यो समूह आन्दोलनको पक्षमा थिएन । तर, सरकारले जर्बरजस्ती घरभित्र बसेर आफ्नो डिजिटल जीवन बिताइरहेको युवालाई सडकमा ल्यायो, गोली हान्दियो । यदि सरकारले अति नगरेको भए जेन–जी समूह सडक आन्दोलनमा उत्रने संभावना नै थिएन ।

सानो उमेरबाट नै इन्टरनेट र पोर्टेबल डिजिटल प्रविधिहरूको पहुँचमा हुर्के बढेका पुस्तामाथि सरकारले देशभर गरेको दमन भत्र्सनायोग्य छ । त्यति मात्रै नभई यसको जिम्मेवारी देशमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको सरकारले लिदैं जेन–जी आश्वस्त पार्नु जरुरी छ । डिजिटल रूपमा साक्षर भएको पुस्तालाई सडकमा झारेर गरिएको दमनले सरकार निरंकुश मात्रै हैन यो अपारदर्शि छ भन्ने यकिन गर्ने ठाउँ प्रशस्त जन्माएको छ । यसैले जेन–जी पुस्ताले सरकारसँग खोजेको पारदर्शितामाथि प्रश्न उठाउनु सहि ठहरिएको छ । जेन जीका किशोर–किशोरीहरू अघिल्ला पुस्ताहरूको तुलनामा एकेडेमिक प्रदर्शन र रोजगारका अवसरहरूमा बढी चिन्तित छन् । सरकारले उनीहरुको चाहना अनुसारको काम गर्न सकेको छैन । यति जागरुक युवालाई बेरोजगारमा फसाएर सरकारले सुशासनको गफ गरेर बसेको बस्यै गर्दाको परिणाम पनि सडक आन्दोलन हो । सरकारसँग युवाले मागेको पारदर्शिता प्रस्तुत गर्नुपर्छ र उनीहरुको माग सम्बोधन हुने कार्यक्रम ल्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्