विराटनगरमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशितले गरे सवारीमा आगजनी

<span class='c1'>विराटनगरमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु,</span> <span class='c2'>आक्रोशितले गरे सवारीमा आगजनी</span>

विराटनगर । विराटनगर तीनपैनीमा ट्रिपरमा आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण मुख्य राजमार्गमा सवारी आवागमन अवरोध भएपछि डाइभर्सन गरिएको ट्रिपरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएपछि आक्रोशित समूहले आगजनी गरिदिएका हुन् ।

प्रदेश १–०२–००२–४५१४ नम्बरको ट्रिपरले को २७ प ८५३४ स्कुटरलाई ठक्कर दिदाँ सवार कटहरी–जमटोकीका सुदिष्ट कुमार झाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगजनी भएको ट्रिपरको आगो नियन्त्रणका लागि दमकल पुगेको छ । प्रहरीले घटना भएको क्षेत्रमा सर्वसाधारणको आवातजावत रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्