विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय दुई दिन विदा हुने भएको छ । महानगरपालिकाका विभिन्न विद्यालयले प्राविधिक कारण देखाउदै विदाबारे सुचना सार्वजानिक गरेका हुन् ।
सोमबार जेनजीले विराटनगरमा प्रदर्शन गरे । सोहि प्रर्दशन पछि महानगरपालिकाले मंगलवार महानगरका विद्यालय विदाको सुचना जारी गरेको छ । महानगरका शैक्षिक महाशाखा प्रमुख राम ढुंगेलका अनुसार भोलि एक दिन विद्यालय विदा रहने छ ।
यता केहि विद्यालयले भने भदौ २४ र २५ गते विद्यालय बन्द भएको सुचना सार्वजानीक गरेका छन् । देशका मुख्य शहरहरुमा भएको आन्दोलनमा संलग्न जेनजी पुस्ताका युवाहरुमाथि सरकारले दमन गरेपछि अवस्था कस्तो हुनसक्छ भनेर विद्यालयहरु बन्द गरिएको हो ।