विराटनगर । विराटनगरमा प्रदर्शनकारीले आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर तोडफोड गरेका छन् । ट्राफिक चोकमा रहेको ट्राफिक प्रहरी पोष्टमा आगजनी गरेपछि उनीहरूले नजिकै रहेको आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर ढुंगामुडा गर्नुका साथै पार्किङमा राखिएका सवारी साधन तोडफोड गरेका छन् ।
कर कार्यालयभित्र राखिएका सर्वसाधारणका मोटरसाइकल समेत तोडफोड गरिदिएका हुन् । विराटनगरमा अहिले आन्दोलन तिव्र बन्दै गएको छ ।