विराटनगर । नेकपा एमाले मोरङको पार्टी कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । पाञ्चालीस्थित पार्टी कार्यालयको गेट तोडफोड गरेर प्रदर्शनकारी भित्र प्रवेश गरेर कार्यालयमा आगजनी गरिदिएका हुन् । विराटनगरमा अहिले सबैतिर प्रदर्शन भइरहेको छ । प्रदर्शनका प्रहरीको नियन्त्रण बाहिर जान थालेको देखिएको छ ।