विराटनगर । विराटनगरमा जेनजी समूह कोशी प्रदेश सभा प्रवेश गरेका छन् ।
आन्दोलनमा उत्रिएको जेनजी समुहका प्रदर्शनकारी र प्रहरीबीच बारम्बार झडप भइरहेको बेला एउटा समूह प्रदेशसभा भित्र प्रवेश गरेको हो । प्रदेशसभा छिरेको समूहले आगजनी गरिदिएको छ । प्रदेशसभामा आगजनी गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् ।