विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी समूहले हिजोदेखि सुरु गरेको शान्तिपूर्ण आन्दोलन दवाउन सबै अस्त्र प्रयोग गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष मंगलबार राजीनामा दिएका हुन् ।
ओलीलाई यो आन्दोलन दवाउन सकिने आत्माविश्वास मंगलबार बिहानसम्म समेत देखिएको थियो । साँझ ६ बजे उनले सर्वदलिय बैठक डाकेका थिए ।
तर, दिउँसोसम्म सिंहदरबार, संसदभवन, उनको आफ्नै निवास, सत्ता साझेदार काँग्रेस सभापति शेरबहादुर देउवाको निवाससहित अन्य प्रादेशिक संरचनाका कार्यालय, स्थानीय तहका कार्यालयहरु ध्वस्त भइसकेपछि उनले राजीनामा दिएका हुन् ।
