एमाले जिल्ला सदस्य तथा वडा अध्यक्ष योगेन्द्र सुबेदीद्वारा राजीनामा

<span class='c1'>एमाले जिल्ला सदस्य तथा वडा</span> <span class='c2'>अध्यक्ष योगेन्द्र सुबेदीद्वारा राजीनामा</span>

विराटनगर भदौ २४,
नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा बेलबारी नगरपालिका ३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले पार्टी र जनप्रतिनिधिको पद त्याग गर्ने घोषणा गरेका छन्। उनले सामाजिक संजालमा पार्टी परित्याग घोषणा गरेका हुन् ।

सुबेदीले हालैको जेन जेड आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएको जनाएका छन्। उनी दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका थिए।

एमाले मोरङ जिल्लाबाट जनप्रतिनिधि पदबाट राजीनामा दिने उनी पहिलो नेता बनेका छन्। सुबेदीले आफ्नो कदम युवा आन्दोलनको मागप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्