सुरक्षित महसुश नहुँदासम्म विराटनगरका विद्यालय बन्द

<span class='c1'>सुरक्षित महसुश नहुँदासम्म</span> <span class='c2'>विराटनगरका विद्यालय बन्द</span>

विराटनगर । हाल देशभर देखिएको अशान्त र नाजुक परिस्थितिले शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । महानगरका सरकारी कार्यालयहरु जलेर खरानी बनेका कारण प्रशासनिक निकाय निष्क्रिय भएको छ ।

विराटनगरका विद्यालयहरु समेत अनिश्चितकालका लागि बन्द भएका छन्। विराटनगरका संस्थागत र सामुदायिक दुवै विद्यालयका सञ्चालकहरुले नयाँ सरकार गठन नहुँदासम्म विद्यालय सञ्चालन नगर्ने निर्णय गरेका हुन्। विद्यालय सञ्चालक अनुसार असुरक्षित वातावरणमा पठनपाठन सञ्चालन गर्दा विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई जोखिम हुने भएकाले यो निर्णय गर्नुपरेको हो ।

आदर्श माध्यमिक विद्यालयका प्रध्यापक सन्तोष पोखरेलले अहिले विद्यालय सञ्चालन गर्न आदेश दिने तथा नियमन गर्ने निकाय नै नभएको बताए। उनका अनुसार परिस्थिती सामान्य भई महानगरपालिका र जिल्ला प्रशासन कार्यालय सञ्चालनमा आएपछि मात्र विद्यालय पुनः खोलिनेछ।

प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष एवं एभरेष्टका सञ्चालक टिकाराम पुरीले पनि अहिलेको अवस्थामा विद्यालय खोल्ने वातावरण नभएको स्पष्ट पारे । उनले भने सरकार नभएको प्रशासन ठप्प भएको र सेनाले कर्फ्यु आदेश जारी गरेको बेला विद्यालय सञ्चालन गर्नु सुरक्षित नरहेको बताएका छन् । नयाँ सरकार आउनासाथ सुरक्षित वातावरण सुनिश्चित भए मात्र विद्यालय संचालनमा आउने छ । यसरी शैक्षिक गतिविधि रोकिँदा विद्यार्थीको भविष्यमा असरपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्