विराटनगरमा उठ्न थाल्यो फोहोर

<span class='c1'>विराटनगरमा उठ्न</span> <span class='c2'>थाल्यो फोहोर</span>

इन्दु कुमारी साह
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा केही दिनदेखि रोकिएको फोहोर संकलन कार्य शुक्रबारदेखि नियमित रूपमा सुरु गरिएको छ । मंगलबारपछि फोहोर संकलन अवरुद्ध भएको भएको थियो ।

फोहोर व्यवस्थापन कार्यलाई नेपाल फुलवारी वेष्ट थ्रि आर पोलुसन कन्ट«ोल सर्भिस प्रा.लि. लगायतका कम्पनीहरूले पुन संचालनमा ल्याएको छ । नेपाल फुलवारी वेष्ट थ्रि आर पोलुसन कन्टेल सर्भिस प्रा.लि. का प्रमुख उमेश कटुवालका अनुसार मंगलबारको आन्दोलनले सिर्जना गरेको असहज वातावरणका कारण दुई दिनसम्म सरसफाई कार्य रोकिएको थियो । तर शुक्रबारदेखि पुन रूपमा घर र सडकबाट फोहोर संकलन कार्य नियमित गरिएको उनले जानकारी दिए ।

प्रदर्शनका कारण केही दिन काम रोकिनु पर्‍यो, तर अहिले फेरि सबै क्षेत्रबाट फोहोर उठाउने काम चलिरहेको छ कटुवालले भने । महानगर क्षेत्रका विभिन्न वडामा अहिले फोहोर संकलन कार्य तीव्र गतिमा भइरहेको छ । स्थानीयबासीले समेत सरसफाई पुन सुरु भएकोमा राहतको महसुस गर्ने क्टुवालले बताए । महानगरका अन्य ठेकदार कम्पनीहरूले पनि फोहोर व्यवस्थापनमा सक्रियता देखाएका छन् । गत केही दिनको अवरोधका कारण सडक र घर वरिपरि फोहोरको थुप्रो देखिन थालेको थियो । तर अब सरसफाई कार्यलाई निरन्तरता दिइएकोले स्थिति सामान्य हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्