उच्च अदालत विराटनगरको ६५ हजार मिसिल जले, आज बन्दी प्रतक्षीकरणको रिट सुनुवाई गर्ने

<span class='c1'>उच्च अदालत विराटनगरको ६५ हजार मिसिल जले,</span> <span class='c2'>आज बन्दी प्रतक्षीकरणको रिट सुनुवाई गर्ने</span>

विराटनगर । उच्च अदालत विराटनगरले आज एक जनाको बन्दी प्रतक्षीकरणको रिट सुनुवाई गर्ने भएको छ । जेन–जी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगोको कारण ६५ हजार भन्दा बढी महत्वपुर्ण कागजत जलेर नष्ट भएको छ ।


भदौ २३ र २४ गते आन्दोलनको क्रममा उच्च अदालतमा तोडफोडपछि लगाएको आगोले कार्यालयका सम्पुर्ण कागजत लगायत एक दर्जन बढी सवारी साधनहरु जलेका छन् ।
क्षतविक्षत भएको अदालतले आजबाट एक जनाको बन्दी प्रतक्षीकरणको रिट सुनुवाई गर्ने तयारी गरेको छ । शेर महम्मदको रिटको सुनुवाइ लागि आज आईतबार लागि पेसी तोकिएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । अदालतले काम अगाडि बढाउन आगो लागिरहेको बेला रिट दर्ता गरेको थियो ।
जलेर खण्डहर भएको अदालतले रिट दर्ता गरेर नागरिकको कानुनी अधिकार संरक्षण गर्ने प्रयास गरेको हो । जलिरहेको अदालतमा रिट दर्ता हुनु र सुनुवाइका लागि पेसी तोकिनुले संरचना जलेपनि कानुनी उपचारको बाटो खुला रहेको सन्देश दिएको छ ।


रजिष्ट्रार भट्टका अनुसार अभिलेख शाखामा रहेका सबै मिसिल र कागजात जलेको छ भने बचेका कागजात पनि काम लाग्ने अवस्थामा छैनन । थोरै मात्र मिसिल काम लाग्ने अवस्थामा रहेको उनले बताए । अराजक समूहले अदालत परिसरमा पार्किङ गरिएका १३ वटा चार पांग्रे सवारी जलाएका छन् भने ७ वटा मोटरसाइकल जलेका छन् । आगजनीको क्रममा ३–४ वटा मोटरसाइकल चोरी भएको छ । यस्तै अदालतलबाट कम्प्युटर, टेलिभिजनसहितका धेरै उपकरण चोरी भएको छ । अदालतको अभिलेख शाखामा रहेको ६५ हजारभन्दा धेरै मुद्दाको मिसिल जलेको छ । जसमध्ये अदालतमा हाल १ हजार हाराहारी मुद्दाको मिसिल मात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्