विराटनगर । जेन–जी पुस्ताले राज्यमा सुशासन र पारदर्शिता हुनुपर्ने माग गर्दै गत भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा कार्यालय तोडफोड गरेर चोरी गरिएका सामान फिर्ता गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले आग्रह गरेको छ ।
आइतबार मन्त्रालयतका सहसचिव सुशिल बास्तोलाद्वारा जारी विज्ञप्तिमा सिसी टिभी फुटेजमा मन्त्रालयमा प्रवेश गरेर ल्यापटप, मोवाइल, प्रिन्टर, कम्प्यूटर लगायतका सामाग्री चोरी गरेर लगेको देखिएकोले फिर्ता गर्न सम्बन्धित व्यक्तिहरुलाई आगग्रह गरिएको हो ।
यसैगरी मन्त्रालयले चोरी गरेर लगिएका कुनैपनि सामाग्री खरिद नगर्न समेत व्यवसायीसँग अनुरोध गरिएको छ । आन्दोलनकारी मन्त्रालयमा प्रवेश गरेर त्यहाँका बाइक तथा स्कुटर समेत बाहिर निकालेको दृष्य देखिएको छ ।
