विराटनगर । महिला दिदीबहिनीहरूको महान पर्व जितियाको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम धनपालथान २ मा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पंकज मण्डलले जितिया पर्वले समाजमा आपसी सद्भाव र मेलमिलाप अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले महिलाहरूको महान पर्व जितियाको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन ।

कार्यक्रमका अध्यक्ष भगत नारायण साह, सहित अजय कुमार साह, कैलाश प्रसाद सिंह, यदु नन्दन साह लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न झाँकी, नृत्य र गीत प्रस्तुत गरिएका थिए, जसले कार्यक्रमलाई अझ रमाइलो बनाएको थियो। यस कार्यक्रमले जितिया पर्वको महत्वलाई उजागर गर्नुका साथै समुदायमा सांस्कृतिक एकतालाई पनि बलियो बनाएको छ।