विराटनगरमा ड्युटीमा फर्कियो ट्राफिक प्रहरी

<span class='c1'>विराटनगरमा ड्युटीमा फर्कियो</span> <span class='c2'>ट्राफिक प्रहरी</span>

इन्दु कुमारी साह
विराटनगर । विराटनगरमा जेनजी आन्दोलनसँगै खलबलिएको अवस्था विस्तारै सामान्य बन्दै गएको छ। आन्दोलनकारीहरूले २४ गते विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गरेपछि महानगर क्षेत्रमा सुरक्षाको चुनौती देखिएको थियो।

त्यसै कारण केही दिनसम्म ट्राफिक तथा नेपाल प्रहरी ड्युटीमा निस्कन सकेका थिएनन् । तर शनिबारदेखि ट्राफिक प्रहरीले आफ्नो दैनिक कार्य सुरु गरेको जानकारी दिइएका छन् । आन्दोलनका कारण केही दिन बजार सुनसानजस्तै भए पनि अहिले सामान्य चहलपहल बढ्न थालेको छ।

ट्राफिक प्रहरीले नियमित ड्युटी सुरु गरेको छ। मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको छ। प्रदर्शनकारीहरूले कार्यालयमा रहेका सरकारी मोटरसाइकलमा आगजनी गरेका थिए। ट्राफिक प्रमुख राजन लम्सालका अनुसार ड्युटीमा खटिन प्रयोग हुने ४ वटा मोटरसाइकल जलेका कारण प्रहरीहरूलाई आवतजावतमा समस्या भएको छ। उनले भने अहिले साधनको अभाव छ। हामी कार्यालय सरसफाइ गर्दै ट्राफिक व्यवस्थापनमा फर्किरहेका छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्