श्रद्धा आश्रमलाई सहयोग जुटाउन अष्ट्रेलिया पुगेका विराटनगरका मेयर चारदिनपछि फर्कने

<span class='c1'>श्रद्धा आश्रमलाई सहयोग जुटाउन अष्ट्रेलिया</span> <span class='c2'>पुगेका विराटनगरका मेयर चारदिनपछि फर्कने</span>

यस पटक गत सेक्टेम्बर ५ मा उनी अष्ट्रेलिया गएका थिए । उनको फिर्ता हुने टिकट १९ सेक्टेम्बर अर्थात अब चारदिनपछि छ । यो भ्रमण उनले गैरआवासिय संघ (एनआरएन) अष्ट्रेलियाको निम्तामा गरेका हुन् । संयोग यस पटक उनी विराटनगर छोडेर हिँडेपछि नेपालमा जेनजी पुस्ताको आन्दोलन चर्कियो । उनी फर्केर आउँदा देशका प्रमुख संरचनादेखि विराटनगर महानगरपालिका समेत खरानी मात्रै हेर्ने पाउने अवस्थामा पुगेको देख्नेछन् ।
धेरैले यो विपत्तीमा कोइराला कहाँ गए ? भनेर प्रश्न सोध्छन्, यसको उत्तर उनी अष्ट्रेलिया छन् । तर, उनी अष्ट्रेलिया मोजमस्तीका लागि नभई विराटनगर–८ मा बनिरहेको श्रद्धा आश्रमका लागि सहयोग जुटाउनका लागि अष्ट्रेलिया पुगेका हुन् । विराटनगर ८ अशोकचौक आसपासमा सात वर्षदेखि श्रद्धा आश्रम बनिरहेको छ । त्यो अष्ट्रेलियाका गैर आवासिय नेपालीको सहयोगमा बन्न थालेको थियो । एक करोड बढी सहयोग भवन बनाउन उतैबाट प्राप्त भएपछि संरचना बनाउन थालिएको थियो । तत्काल यहाँ संरचना बनाउन एउटा अगुवाहरु सम्मिलित समिति समेत गठन गरिएको थियो ।
समितिको संयोजक थिए, उद्योगी अबिनाश बोहरा । यसको सदस्य सचिव भने महानगरपालिकाका कर्मचारी पुनम दाहाललाई राखिएको थियो । तर, बोहरासहितको टिमले केहिबेर समितिमा सक्रिय भएर संरचना निर्माण लगाएका काम गरेपछि स्रोत अभाव भयो । अनि उनीहरुले राजीनामा दिएपछि यो काम पूरा हुनबाट रोकियो । तत्काल श्रद्धा आश्रम निर्माण समितिका सदस्य सचिव दाहालका अनुसार त्यसपछि यसको काम अधुरो रहन पुग्यो ।
विराटनगर–८ का राम पोखरेलका अनुसार यो भवन चाँहि अभिभावक स्याहार केन्द्रको रुपमा स्थापीत हुनेछ । जस्तो छोराबुहारी काममा जानुपर्ने, नातीनातिना विद्यालय, घरमा दिनभर बृद्धबृद्धा भएका बुबा–आमासँग बस्ने कोहि भएन भने यहाँ दिनभर रेखदेख हुने गरि छोड्न स्थानको रुपमा यसलाई निर्माण गर्न लागिएको हो । त्यति मात्रै नभई श्रद्धा पूर्वक बस्ने घरको रुपमा निर्माण गर्ने योजना भएपनि त्यसमा सुरुमा एनआरएन अष्ट्रेलियाले गरिरहेको आर्थिक सहयोग रोकिएपछि त्यसलाई निरन्रता दिन आग्रह गर्न मेयर कोइराला गएको पोखरेल बताउँछन् ।
तर, उनी त्यहाँ पुगेपछि नेपालमा आन्दोलनबाट केन्द्रीय सरकार उल्टियो । दलका नेताहरु बाहिर निस्कन सकेका छैनन् । विराटनगर महानगरपालिकासहित स्थानीय सरकारका संरचना सबै तहसनहस भएका छन् । कहाँ छन् मेयर ? भनेर प्रश्न सोध्न थालिएको छ । मेयरका प्रेस सल्लाहाकार मिनकुमार नवोदितका अनुसार उनको जाँदा नै १९ तारिखलाई फर्कने टिकट कन्फर्म भएको थियो । घटनापछि उनी चाँडो गर्न चाहिरहेका छन् तर मिलेको छैन । उनी अष्ट्रेलिया रहँदा सिड्नी, मेलबर्नलगायतका सहरहरूमा आयोजना हुने विभिन्न अन्तरक्रिया, सम्मेलन तथा भेटघाट कार्यक्रममा भाग लिने कार्यक्रम तय भएका थिए । अष्ट्रेलियामा रहेका नेपालीहरूबीच विराटनगरको समग्र विकासका लागि सहयोग जुटाउने उद्देश्य उनको रहेको थियो । त्यसबेला भन्दा फरक परिस्थिति रहेका कारण मेयर कोइरालाले यदि पहल गरेर फर्के भने त्यसले महानगरपालिकालाई अझै राहत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्