आन्दोलनमा क्षति भएको कार्यालयबाटै कोशी प्रदेश सरकार सञ्चालनमा ल्याउने घोषणा

<span class='c1'>आन्दोलनमा क्षति भएको कार्यालयबाटै कोशी</span> <span class='c2'>प्रदेश सरकार सञ्चालनमा ल्याउने घोषणा</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षति पुगेको बताएका छन् । कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् ।

देशमा विषम परिस्थिति आइपरेको भन्दै मुख्यमन्त्री कार्कीले यी सबै परिस्थितिको सामना गरेर काम गर्नका लागि आग्रह गरेका हुन् । मुख्यमन्त्री कार्कीले घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षतिको घटनाको रूपमा चित्रण गरेका छन् । ‘विभिन्न राजनीतिक आन्दोलन र विरोधका कार्यक्रमहरू भए, तर यति ठूलो र सर्वाधिक क्षति कहिल्यै भएको थिएन’ उनले भनेका थिए, ‘यो घटनाले प्रदेशलाई ठूलो नोक्सान भएको छ यसले हामीलाई २० वर्ष पछाडि धकेलेको छ ।’

त्यस अवसरमा उनले प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषदको बैठक बसेर थप निर्णयहरु गर्ने जानकारी दिएका छन् । सो छलफलमा प्रदेशका सचिवहरुले मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै बाँकी रहेको अवस्थाबाटै केहि दिनभित्र सेवा सुचारु गर्ने जानकारी दिएका थिए । कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिको बारेमा जानकारी गराएकी छिन् ।

यसैबीच भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोशी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयहरुमा भएको क्षतिको प्रारम्भिक विवरण प्रदेश सरकारले संकलन गरेको छ । आन्दोलनका क्रममा कोशी प्रदेशमा भवन र सवारी साधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको पाइएको हो । यस आन्दोलनबाट कोशी प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त बनेका छन् । जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त छन् भने २४ वटा भवनमा तोडफोाड भई आंशिक क्षति पुगेको छ ।
आन्दोलनकारीले प्रदेश सरकारको २३७ वटा सवारी साधनमा क्षति क्षति पुर्याएको पाइएको छ । जसमा ७५ वटा चारपाङ्ग्रे सवारी साधनमा क्षति पुगेको छ । त्यसमध्ये ६४ वटा चारपाङ्ग्रे सवारी साधन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ११ वटामा आंशिक क्षति भएको छ । यसैगरी १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये १४४ वटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्