जुरुक्क उठौं, पुनर्जागरण र पुननिर्माणमा जुटौं

<span class='c1'>जुरुक्क उठौं, पुनर्जागरण</span> <span class='c2'>र पुननिर्माणमा जुटौं</span>

साशकले नागरिकका आवाजलाई कमजोर ठान्यो र उसलाई लागेको मात्रै सहि ठान्यो भने त्यसको प्रतिफल नकारात्मक नै हुन्छ । साशन व्यवस्था बदलिएर पनि नागरिकको अवस्था बदलिन नसक्दाको निराशा सरकार विरुद्ध नै मुखरित हुनेगर्दछन् । अझै साशनमा बस्नेहरुले कानुन विपरित हुने गरी गरेका कामकारवाही सोझै ढाकछोप हुने अवस्था बढ्दै गयो भने त्यो राष्ट्रका लागि प्रत्युत्पादक बन्नजान्छ । त्यसबेला नागरिकले राज्यको औपचारिक प्रणाली भन्दा बाहिरबाट सरकार बदल्ने सोच बनाउँछन् । त्यसका लागि राज्यका सबै निकायमाथि एकै पटक सडकबाट धावा बोल्छन्, पुरानो साशनको समूल अन्त्य गर्न चाहन्छन् । नागरिकप्रति जिम्मेवारी र जवाफदेही सरकार गठन हुनुपर्ने सोच राखेका हुन्छन् ।

राजनीतिमा पुराना परिवर्तनका परिघटनालाई हामीले यहाँ उल्लेख गरिरहनु जरुरी छैन । ती सबै आन्दोलनले कुनै न कुनै फेरबदल लिएर आएका थिए । त्यसैको बलमा जेनजी पुस्ताले आन्दोलन गर्ने बाटो भेटेको हो । गत भदौ २३ र २४ मा जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनका माग नागरिकमुखी सरकार हो । अर्थात प्रत्यक्ष नागरिकबाट निर्वाचित सरकारले देशमा साशन गर्ने र एउटा चरणमा पुगेपछि त्यो सरकारमा पुग्ने व्यक्ति बाहिरिने । त्यो आन्दोलनले पुरानो साशकीय स्वरुपमा फेरबदलसँगै देशलाई नयाँ गतिमा लैजान माग गरेको छ । आन्दोलनमा अपुरणीय क्षति पुगेको छ । मृत्युको हुनेको संख्यादेखि भौतिक पूर्वाधारमा भएको क्षति कल्पना गर्न नसकिने छ । तर, आन्दोलनले पु¥याउने क्षति, क्षति मात्रै नभएर नयाँ तरिकाले सोच्ने बाटो पनि हुन्छ । नयाँ तरिकाले सोच्ने हो भने मात्रै पनि हामी उठ्न सक्नेछौं । त्यसका लागि चारवर्ष वा पाँचवर्षसम्म जनताबाट निर्वाचित कार्यकारी प्रमुखले देशको नेतृत्व गर्नुपर्दछ । समानुपातिक निर्वाचन प्रणाली अपनाएर संसद निर्माण गर्नुपर्दछ । त्यसले कानुन बनाउँछ । कार्यकारी प्रमुखले स्वतन्त्र र विज्ञ सम्मिलित सरकारमार्फत काम गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।

त्यसैले अब नेपालमा पुनर्जारण र पुननिर्माणको समय सुरुवात भएको छ । हुन त पुनर्जारणको समय यूरोपमा इटालीबाट १४ औं शताब्दीको अन्त्यदेखि १७ औं शताब्दीको सुरुवातसम्म थियो । त्यसले कला, साहित्य, विज्ञान र संस्कृतिको क्षेत्रमा परिवर्तन ल्याएको थियो । लियोनार्दो दा भिन्ची र माइकल एन्जेलो जस्ता कलाकार जन्माएको थियो । निकोलस कपरनिकस र ग्यालिलियो ग्यालिली जस्ता वैज्ञानिक जन्म गरायो । पृथ्वीले सूर्यलाई परिक्रममा गर्दछ भन्ने तथ्य पत्ता लगायो । नेपाली समाज ती सबै कुराको जानकार भएर पनि सधैं पछाडी पर्नु परेको पीडामा २१ औं शताब्दीसम्म बस्नुपर्ने दिनको अन्त्य गर्ने बाटो मात्रै खोजिरहेको देखिन्छ । यसैले जेनजी पुस्ता जसले विश्वलाई घरमा बसेर अध्ययन गरिरहेको छ, त्यहि पुस्ताको उकुसमुकुस सडकमा पोखिदाँ भएको क्षतिको पुननिर्माणसँगै देशलाई अगाडी बढाउने नयाँ शिराको पुनर्जारणमा सबै जुरुक्कै उठ्न जरुरी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्