विराटनगर । विराटनगर–८ बाट प्रहरीले ५३८ केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिगएको टोलिले पिछा गरेको थियो ।
त्यस क्रममा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । कारमा १५ वटा पोकामा गाँजा राखिएको थियो । गाँजा बरामद भएपछि प्रहरीले कारधनी तथा यसको चालकको खोजतलास गरिरहेको जानकारी दिइएको छ ।
