संघको सरकार ढाल्ने जेनजी आन्दोलनमा कोशीबाट शहीद भएका व्यक्तिका घरपरिवारलाई प्रदेशले एकलाख राहत दिने

<span class='c1'>संघको सरकार ढाल्ने जेनजी आन्दोलनमा कोशीबाट शहीद</span> <span class='c2'>भएका व्यक्तिका घरपरिवारलाई प्रदेशले एकलाख राहत दिने</span>

विराटनगर। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले संघमा रहेको केपी शर्मा ओलीको सरकार ढाल्यो । देशभरको आन्दोलनको बलमा नेकपा एमाले र नेपाली काँग्रेस दुईतिहाई गठबन्धनको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपरेको थियो । त्यो आन्दोलनपछि अहिले संविधान यथावत राखेर अन्तरिम सरकार गठन भएको छ ।

संघमा काँग्रेस–एमालेको सरकार ढाल्ने आन्दोलनले प्रदेशमा समेत उतिकै क्षति पु¥याएको छ । तर, कोशी प्रदेश सरकारले जेनजी आन्दोलनमा शहीद भएका नागरिकका घरपरिवारलाई राहतस्वरुप एकलाख नगद दिने निर्णय गरेको छ । कोशीमा हालसम्म १० जनाको मृत्यु भएको छ । पाँच जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो । पाँच जनाको कंकाल भाटभटेनीमा भेटिएको हो । हालसम्म पाँच जनाको सनाखत हुन पनि बाँकी छ ।

आन्दोलनका क्रममा झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो । सुनसरीको इटहरीमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का चंखे भनिने मोहन सरदारको मृत्यु भएको थियो । यसैगरी काठमाण्डौंको प्रदर्शनमा संखुवासभा सिलिचोङ गाउँपालिका ३ का प्रवीण कुलुङको निधन भएको थियो ।

हालसम्म धरानको भाटभटेनीमा गत शुक्रबार चार जनाको शव फेला परेको थियो । सोमबार भाटभटेनीको विराटनगर शाखामा १ जनाको जलेको कंकाल फेला भेटियो । आन्दोलनका क्रममा एक सय १४ प्रहरी र ४६ आन्दोलनकारी घाइते भएका छन् । जेन्जी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा दुःख व्यक्त गर्दै एक लाख रुपैयाँ काजक्रिया खर्च दिने निर्णय गरेको छ। त्यस्तो रकम आन्दोलनमा लागेकाहरूलाई मात्रै दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रमण भण्डारीले जानकारी दिएका छन् । त्यस्तै भौतिक पूर्वाधारको क्षति को अध्ययन गर्न कार्तिक ९ गतेको सम्मको समय दिएर भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

संविधानमा साशकीय स्वरुपको परिवर्तन हुनुपर्ने माग जेनजी आन्दोलनका नेतृत्वदायी युवाको छ । त्यसैले अहिले संघीय संरचना अन्तर्गत प्रदेश तह समेत यथावत सञ्चालनमा रहेको छ । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धन सरकार छ । संघदेखि प्रदेशसम्म बाँडफाँड गरेर नेतृत्व लिइरहेका यी दुई पार्टीको संघीय सरकार ढलेको छ । यद्यपी अहिलेसम्म प्रदेश सरकार यथावत नै रहेको छ । कोशी प्रदेश सरकारले बिहीबारबाट आफ्नो काम थालेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्नो कार्यकक्षमा नेपालको चुच्चे नक्सा राखेर काम सुरु गरेका हुन्। आन्दोलनको क्षति हुनबाट बचेको भवनमा कार्यकक्ष बनाएर काम सुरु गरिएको छ ।

जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेश सरकारका ४२ वटा भवनमा क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश मन्त्रालयका १८ वटा भवनमा पूर्णरुपमा क्षति भएको छ । २४ वटा भवनमा आंशिक क्षति भएको छ । प्रारम्भिक रिपोर्टमा प्रदेश सरकारका ६४ वटा चार पाङ्ग्रे गाडी जलेको छ । ती गाडी अराजक समूहले जलाएको थियो । १२ वटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले प्रयोग गर्ने १४४ वटा मोटरसाइकल र स्कुटर पूर्णरुपमा क्षति भएको छ । १७ वटामा आंशिक क्षति पुगेको छ । प्रदेशमा एक अर्ब ५० करोड हाराहारी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संकलन गरेको विवरण अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ९ वटा चार पाङ्ग्रे सवारी जलेका छन् । चार वटा भवन पूर्णरुपमा क्षति भएको छ । २ वटा भवनमा आंशिक क्षति छ । पर्यटन वन तथा वातावरण मन्त्रालयको पाँच वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । १० वटा चार पाङ्ग्रे सवारी जलेका छन् । खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालयमा ४ वटा चार पाङ्ग्रे सवारी जलेका छन् । उद्योग कृषि तथा सहकारी मन्त्रालयका ११ वटा गाडी जलेको छ । ५ वटा भवनमा आंशिक क्षति भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको एउटा भवन र एउटा चार पांग्रे सवारी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सामाजिक विकास मन्त्रालयको २ वटा भवनमा पूर्ण क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय २ वटा भवन र ८ वटा सवारी, भौतिक पूर्वाधार विकास मन्त्रालयका ७ वटा चार पांग्रे सवारी जलेका छन् । स्वास्थ्य मन्त्रालयमा ३ वटा चार पांग्रे सवारी जलेका छन् । कोशी प्रदेशसभा सचिवालयको ४ वटा भवन र ८ वटा चार पांग्रे सवारी जलेको छ । प्रदेश योजना आयोगको तीन वटा चार पांग्रे सवारी जलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्