कोशी प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय डिप्लोमा कोर्ष विराटनगरमा सुरु

<span class='c1'>कोशी प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय</span> <span class='c2'>डिप्लोमा कोर्ष विराटनगरमा सुरु</span>

विराटनगर । नेपालकै एक मात्र र कोशी प्रदेशकै पहिलो पटक International Diploma in Air Cabin Crew (Air Hostess) र Airport Ground Handling को साथै Basic Cabin Crew/Air Hostess Training कोर्ष विराटनगरमा सुरु भएको छ। यो अवसर UK को City & Guilds द्वारा सम्बन्धन प्राप्त Cambridge NAAT Aviation, Biratnagar ले उपलब्ध गराएको हो। हालै संस्थाले यी कोर्षहरूमा भर्ना खुला गरिसकेको छ।संस्थाका अनुसार, विश्वका ८२ भन्दा बढी मुलुकमा मान्यता प्राप्त Cambridge NAAT Aviation को प्रशिक्षण कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा रोजगारी पाउने अवसर दिलाउनेछ। तालिम पूरा गरेका विद्यार्थीलाई पाठ्यक्रम समाप्तिपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ महिनाको Paid Internship मा समावेश गरिनेछ। साथै कोर्स बाहेक अतिरिक्त अभ्यास पनि गराईन्छ ।

एभिएसन क्षेत्रलाई विश्वमै Highly Demandable, Fashionable र Highly Payable पेशा मानिन्छ। यस क्षेत्रमा काम गर्ने प्रशिक्षित जनशक्तिको माग निरन्तर बढिरहेको छ। Cambridge NAAT Aviation ले भनेको छ, “विद्यार्थीले आफ्नै देशमा बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा र तालिम पाउने अवसर पाउनु हामी सबका लागि गर्वको कुरा हो।"यस कोर्षबाट स्नातक विद्यार्थीले नेपालमै नभई विदेशका प्रमुख एयरलाइन्स कम्पनीहरूमा Cabin Crew, Air Hostess, Ground Handling Officer लगायतका रोजगारीका अवसर पाउने सम्भावना बलियो हुने अपेक्षा गरिएको छ।

साथै, संस्थाले आफ्नो उद्देश्यलाई “प्रदेशस्तरमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरीय तालिम उपलब्ध गराउने र युवालाई ग्लोबल रोजगारी बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने” भनेर स्पष्ट पारेको छ। यस कार्यक्रमले कोशी प्रदेश मात्र नभई सम्पूर्ण नेपालभरका विद्यार्थीलाई आकर्षित गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्