विराटनगर । विराटनगरमा शनिवार संघर्ष देखि समधानसम्म विचार तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ। देशमा देखिएको पछिल्लो घटना क्रम र जेन्जि आन्दोलनका विषयमा कार्यक्रममा सहभागी भएका व्यक्तिहरूले आफ्नो विचार तथा सुझावहरु राखेका आयोजक विराटनगर क्रान्ति युवालेजानकारी दिएको छ । कार्यक्रमको मुख्य उदेश्य विराटनगरमा बसेर देश विकासमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरु साथै जेन्जिहरुलाई संगठित गर्ने रहेको आयोजकले जनाएको छ ।

यसै कार्यक्रमको अवसरमा जेन्जि तथा युवाहरू सम्मिलित १५ सदस्यीय महानगर कमिटी समेत गठन गरिएको छ । जसको काम आगमी दिनहरुमा युवा तथा जेन्जिहरुले गर्ने कामहरुको रणनीति बनाउनुका साथै समन्वय गर्न सहयोग गर्ने छ । भदौ २४ गतेको प्रदर्शनमा विरेन्द्र सभागृह जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अनमोल लिम्बुलाई आयोजकले कदरपत्र प्रदान गर्दै विशेष सम्मान गरेका छन।