सिडिओ कार्यालय मोरङलाई उद्योगी राउतद्वारा दश थान कम्प्यूटर

<span class='c1'>सिडिओ कार्यालय मोरङलाई उद्योगी</span> <span class='c2'>राउतद्वारा दश थान कम्प्यूटर</span>

विराटनगर । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगलागी गरेर ध्वस्त बनाइएका जिल्ला प्रशासन कार्यालय मोरङलाई विराटनगरका उद्योगी राजेन्द्र राउतले दश थान कम्प्यूटर सहयोग उपलब्ध गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष समेत रहेका राउतले प्रशासनिक दैनिक कार्य सञ्चालनका लागि उपलब्ध कम्प्यूटर महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी आगलगाीबाट जलेको भवनलाई मर्मतपछि रंगरोगन गर्नका लागि एशियन पेन्टसबाट ३०० लिटर रंग समेत उपलब्ध गराइएको छ । सिडिओ कार्यालयले प्राप्त गरेको उक्त रंग लगाउने खर्च भने महासंघ कोशीले बेहोर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्