विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत टंकी सवस्टेसन भित्र ३३ के.भी. का तीनवटा फिडरको जम्पर जलेका कारण विराटनगरको आधा क्षेत्रमा दुई घण्टासम्म बिद्युत अवरोध हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार शरणका अनुसार टंकीबाट आपूर्ति हुने तीनवटा फिडरमा अहिले बिद्युत अवरोध भएको हो । जसको मर्मत गर्न दुई घण्टा भन्दा बढी लाग्नेछ । विराटनगरको खारेजी, विराटनगर महानगरपालिका र पाञ्चाली क्षेत्रसम्म यसको प्रभाव पर्ने बताइएको छ ।