विराटनगरस्थित कोइराला निवासबाट विश्वप्रकाशले भने–नयाँ ढंगले पार्टी बढ्छ

<span class='c1'>विराटनगरस्थित कोइराला निवासबाट विश्वप्रकाशले</span> <span class='c2'>भने–नयाँ ढंगले पार्टी बढ्छ</span>

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरसम्ममा महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार उनले मंसिरसम्ममा महाधिवेशन गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।गत भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेर कोइराला निवास जलेको छ ।

खण्डहर कोइराला निवासबाट उनले नयाँ परिस्थिति सिर्जना भएको बताएका छन् । उनले मंसिर मसान्तसम्म अहिलेकै कार्य समितिको कार्यकाल रहेको बताउँदै अब थप गरेर जान नसक्ने संकेत गरेका छन् ।

अहिलेको अवस्था आउनुमा आफूहरूको पनि कमजोरी रहेको उनले स्वीकार गरेका छन् । कांग्रेस धेरै पुस्तालाई गाँसेर जाने पार्टी भएको बताउँदै उनले जेनजी पुस्ताको बलिदान, मन भावना सबैलाई समटेर अघि लैजान रुपान्तरित कांग्रेस जरुरी रहेको बताए । ‘कांग्रेसले आफैलाई तन्नेरी बनाउनुछ, पार्टीलाई तरूण बनाउन घनीभूत छलफल हुने उनको बुझाई थियो । सबैका मत एकैठाउँ राखेर समन्वयमा बढ्ने पनि उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्