विराटनगर । आज साँझ विराटनगरको जैन भवनमा डान्डिया नाईट २०२५–स्टेप फर स्माईल आयोजना हुने भएको छ । ह्यासट्याग वाई कौशल अग्रवालको आयोजनामा हुन लागेको यो सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा भारतको सिलगुडीबाट आएका चर्चित डिजे अभिले विशेष प्रस्तुति दिनेछन् । कार्यक्रमको सुरुवात भव्य महाआरतीबाट गरिने ह्यासट्याग ईभेन्टका मेनेजर कौशल अग्रवालले जानकारी दिए ।

विराटनगरको मनोज साउण्ड सिष्टमको रंगीन प्रकाश अनि आकर्षक साउण्ड सिस्टममा नृत्य र संगीतसँगै डान्डिया खेल्ने अवसर सहभागीलाई दिइनेछ । विराटनगरमा पहिलो पटक यस किसिमको भव्य तयारीसहित आयोजना हुन लागेको डान्डिया नाईटले शहरको मनोरञ्जन र सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाउने आयोजकहरूको अपेक्षा छ । डान्डिया नृत्यमा उत्कृष्ठहरुलाई आयोजकहरुले गिप्ट पनि प्रदान गर्ने जनाएको छ । यस कार्यक्रमको अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ ।
