मोरङका नयाँ एसपीसँग विराटनगरका चोकचोकमा डाइस खेलाउने गरेको गुनासो

<span class='c1'>मोरङका नयाँ एसपीसँग विराटनगरका चोकचोकमा</span> <span class='c2'>डाइस खेलाउने गरेको गुनासो</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) सँग बुधबार बिहान सञ्चाकर्मीबीच परिचायत्मक कार्यक्रमको आयोजना गरिएको थियो । दुईदिन अघि मात्र मोरङ आएका एसपी कबित कटुवालले उपस्थित सञ्चाकर्मीहरुसँग आफ्नो परिचयसँगै सुझाव पनि मागेका थिए । झण्डै दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीयस्तरका सञ्चारगृहमा कार्यररत सञ्चारकर्मीहरुले चाडपर्व भित्रिएसँगै विराटनगर लगायत मोरङका विभिन्न ठाँउहरुमा जुवा खाल र डाईस खेलाउने कार्य भएको भन्दै नियन्त्रणका लागि सुझाव दिएका थिए ।

हुनत अहिले चाडपर्व नजिकिएसँगै विराटनगरका हरेक गल्लीहरुमा डाईस खेलिरहेका दृष्य यत्रतत्र देख्न सकिन्छ । एकजना पत्रकारले आफ्नो टोलमा रातभरी डाईस खेलाउनेहरुले दुःख दिने गरेको सुनाए । उनले भने आफ्नो क्षेत्रमा मादक पदार्थ सेवनगरी होहल्ला गरेर स्थानियवासीलाई दुःख दिने गरेको बताए । उनले भने अहिलेको अवस्थामा कसरी हुन्छ गस्ती बढाई दिनुप¥यो ।
त्यस्तै न्यु सृष्टि दैनिक पत्रिकामा कार्यररत पत्रकार अनुज सापकोटाले भने यहाँ प्रहरी र राजनीतिक दलको मिलेमतोमा नै डाईस खेलाउने काम भएको आरोप लगाउँदै सानासानो कुराले परिवारमा झैझगडा हुने सम्भावना बढ्ने देखिने बताए । उनले अब नयाँ एसपीलाई आग्रह गर्दै भने–जुवाजन्य गतिविधी रोक्न प्रहरीको गस्ती पेट्रोलिङ बढाईयोस ।

एसपीले आफ्नो डाईरीमा पत्रकारहरुले दिएको सुझावहरु भने मज्जाले नै नोट गरिरहेका थिए । परिचयात्मक कार्यक्रममा मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाल, डिएसपी हस्तबहादुर सुनार, प्रहरी निरीक्षक हेमराज ओली समेतलाई सँगै राखेर उनले सुझाव ग्रहण गरेको बताए । सञ्चाकर्मीहरुको प्रश्नसँगै सुझावलाई एकमुष्ट रुपमा एसपी कटुवालले जवाफ दिदैं भने मोरङ जिल्लालाई शान्ति सुरक्षामा कमि हुन दिन्न । चाडपर्व सुरु भईसकेकाले मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा सतर्कता बढाएको उनले बताए ।

गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिइएको बताउँदै एसपी कटवालले उक्त घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको बताएका छन् । ‘जो कोहीसँग ती घटनाका फोटो वा भिडियोहरू छन् भने प्रहरीलाई उपलब्ध गराइदिनुहुन उनले आग्रह गरे । प्रहरीसँग थुप्रै महत्त्वपूर्ण भिडियो र तस्बिरहरू प्राप्त भएकाले अब प्रहरीले अनुसन्धान अगाडी बढाएर सरकारी तथा निजी सम्पत्तीहरुमा तोडफोड र आगजनी गर्नेहरुलाई कारबाही हुनेछ ।
हालै भएको जेनजी आन्दोलनमा प्रहरीको मनोबल भने खस्किएको छ । तर नेपाल प्रहरी आम जनताको प्रहरी भएका कारण छोटो समयमा खस्किएको मनोबललाई उच्च बनाएर नागरिकको सुरक्षामा प्रहरी खटिसकेको छ एसपी कट्वालले जानकारी दिए ।

जेनजी आन्दोलनपछि सडकमा पर्याप्त मात्रामा प्रहरी नदेखिएकाले आम नागरिकले असुरक्षित महशुस पनि गरिरहेका छन् । अब मोरङमा भर्खरै सरुवा भएर आएका नयाँ प्रहरी प्रमुखद्धारा आमनागरिकले अनुभूति गर्ने गरी सुरक्षा प्रदान गर्नु आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्