सोनु साह
विराटनगर । दसैँ र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर, यसपटक भने राम्रो व्यापार नभएको उनीहरुको गुनासो छ । व्यापारी भन्छन दुई र चार रुपैयाँ कमै नाफा खाएर सामान बिक्री गर्ने योजना हो तर यसपाली व्यापार कम छ। अरुबेला सोचेको भन्दा ठुुलो व्यापार हुने गरेको थियो, भिड थाम्न नसक्ने खाले ग्राहक आउने गर्दथे, तर यसपालि पुरै बजार नै सुुनसान जस्तो लाग्छ ।
यो गुनासो विराटनगरका व्यापारीको वर्षेनी दोहोरिनेमा पर्दछ । यद्यपी यो वर्षको अवस्था उत्सवजन्य नभएर निराशायुक्त पनि छ । पर्वको मुखैमा जेनजी आन्दोलनको असर बजारमा देखिएको उनीहरुको भनाइ छ। यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ कि भन्ने उनको झिनो आशा छ। विराटनगरको गुदरीका व्यापारीहरुका अनुसार विगतको तुलनामा व्यापार आधा घटेको छ ।
कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ। मान्छेहरुको चहलपहल अलि अलि त छ, तर व्यापार सोचेजस्तो छैन। विराटनगरको नजिक जोगवनी बोर्डर रहेकाले मानिसहरु धेरै जसो समान त्यही बाट ल्याउँछन । हामी नेपाली व्यापारी मारमा पर्ने गरेका छौ । सरकारको अनगमन र बोर्डर अव्यवस्थित भएकाले व्यपारीहरु चाहे अनुसारको व्यापार गर्न नसकेको बताएका छन ।
व्यापार खुुस्कीनुको कारण समानमा भन्सारमा दोब्बर करले गर्दा महगीमा विक्री हुनुु साथै बोर्डर खुल्ला भएकाले भारतमा सस्तो समान पाउदा गा्रहकहरुको आर्कषित हुने गरेको बताउछन । व्यापारीले नेपाल सरकारले अत्यावश्यक वस्तुको भन्सार दर घटाउने हो भने मात्रै पनि नेपाली बजार गुल्जार हुने विश्वास व्यक्त गरेका छन् ।