दशैको लागि आईपुग्यो पहाडको खसी–बोका विराटनगर (फोटो फिचर)

<span class='c1'>दशैको लागि आईपुग्यो पहाडको</span> <span class='c2'>खसी–बोका विराटनगर (फोटो फिचर)</span>

विराटनगर ।  नेपालीहरुको  महान चाड बडादशैंको लागि विराटनगरमा पहाडीभेगका खसी–बोकाहरु आइपुग्न थालेका छन् । दशैंमा खसीबोकाको ठूलो माग हुने भएकाले व्यापारीहरूले पहाडका विभिन्न जिल्लाबाट विराटनगर ल्याउन थालेका हुन् ।


धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ईलाम लगायतका पहाडी क्षेत्रबाट खसी ल्याइएको यहाँका खसी व्यापारीहरु बताउछन् ।
व्यापारिहरूका अनुसार यस वर्ष पनि दैनिक सयौंको संख्यामा खसी विराटनगरमा भित्रिएका छन् । दशैं नजिकिँदै जाँदा मागसँगै मूल्य पनि बढ्ने अनुमान गरिएको छ । विराटनगर ३ कंचनबारी पुर्व रहेको सिद्धिकाली मिट सपका व्यापारी राजन सुवेदीका अनुसार अहिले सम्म ६० वटा भन्दा बढी ल्याईसकेको र अब फेरी अरु ५० वटा भन्दा आउने क्रम जारी छ । उनले भने,’ एउटै खसी ६० देखी ७० केजी सम्मको ल्याएकाछौँ ।’ पहाडीभेगमा किलो ८ सयको दरले ल्याएर यहाँ ११ सयले बेच्ने गरेको उनले सुनाए ।


व्यापारीहरूले अहिले नै खसी बिक्री सुरु गरेका छन् भने उपभोक्ताहरूले पनि आवश्यक अनुसार अग्रिम बुकिङ गर्न थालेका छन् । हिन्दू धर्मावलम्बीहरूको महान पर्व दशैंमा खसी–बोका वली दिने तथा घरमा मासु खाने प्रचलन रहेकोले विराटनगरका चोक चोकमा खोलिएका मासु पसलहरुमा चहलपहल बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्