विराटनगर। कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्याएको कोशी प्रदेश सरकारले बुधबार पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको हो।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सामग्रीहरु विभिन्न माध्यम प्रयोग गरेर बाढी तथा पहिरो पीडित परिवारसम्म पु¥याउने काम भइरहेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी संयन्त्रको बैठक राखेर आवश्यक सबै काममा तदारुकता दिने निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्कीले सरकारले मृतकका परिवारलाई रकम पठाउने र अत्यावश्यक सामग्रीहरु पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर जारी राख्ने जानकारी दिएका छन् । प्रदेश सरकारका मन्त्रीहरू पनि आआफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा ध्यान दिने भएका छन् । सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि आवश्यक तयारी पनि थालिएको छ ।