हिउँदभर केशलिया खोस्रदा वर्षामा विराटनगर डुबान

<span class='c1'>हिउँदभर केशलिया खोस्रदा</span> <span class='c2'>वर्षामा विराटनगर डुबान</span>

विराटनगर । बेसिजनमा मौसम सक्रिय हुँदा असोजको १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा वर्षाभयो । असारदेखि भदौसम्म डुबान भोग्न नपरेका धेरै शहर असोजमा जलमग्न हुनपुगे । यस्तै स्थिति विराटनगर महानगरपालिकाले पनि बेहोर्नुपरो । यद्यपी यो वर्ष अघिल्ला वर्षको भन्दा क्षतिका हिसाबले कम रह्यो । विराटनगरमा यसवर्ष सिंघीया खोलाको जोखिम पूर्वतयारीबाट कम गरियो । सिंघीया अघिल्ला वर्षजस्तो उर्लेन । किनकी सिंघीयाको बेसिन क्षेत्रमा प्राकृतिक वर्षा कम थियो । तर, विराटनगरको राजमार्ग पश्चिम केशलियाको जोखिम भने उतिकै देखियो ।

केशलियाका कारण जोखिम बढ्नुको मुख्य कारण भनेको हिउँभर खोला किनार कटानको शिकार हुनु हो । केशलियाका तीन स्थानमा तिव्र कटान गरिदैं आएको छ । कटान गर्ने व्यक्तिहरुको राजनीतिक संरक्षण रहेको दावी छ । राजनीतिक संरक्षण भएका कारण हिउँदभर केशलिया खोला अन्तर्गत वडा नम्बर ४ को इक्राही, वडा नम्बर ५ को फुलबारी र ६ नम्बर वडाको ब्रम्हपुरा (डम्पिङ साइट) आसपासबाट हिउँदभर माटो कटान गरिन्छ । जसका कारण केशलिया बस्ती पस्न सहज हुन्छ ।

विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार केशलियाले यसवर्ष पनि यहि तीनस्थानबाट धार परिवर्तन गरेको थियो । जसका कारण खोला कोशी राजमार्ग पश्चिमका वडाका घरहरु डुबाउनेस्तरमा वस्तीमा पुग्यो । पौडेलका अनुसार यसवर्ष असोजको पानी नेपालको पश्चिमी भागबाट पूर्वतर्फ आएका कारण पनि पूर्वतयारीमा सहज भएको थियो । विराटनगर महानगरपालिकाले सिंघीया खोला किनारका मानिसहरुलाई पशुचौपाया सार्न, घरमा सानो नानीहरु भए उनीहरुलाई सुरक्षित स्थानमा लैजान र सरसामानको सुरक्षा गर्न पहिल्यै भनिसकेको पौडेलको भनाई छ ।

तर, प्राकृतिक रुपमा हुने वर्षा अघिल्ला वर्षभन्दा कम परेकाले विराटनगरमा सबै वडा प्रभावित भएनन् । खोलाको पानी पसेर प्रभावित भएका वडामा समेत उद्धार तथा राहतको काममा महानगरपालिकाले सहज व्यवस्थापन मिलाएको थियो । महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की भने पानी पशस्त परेपनि निकासका लागि नालाहरु यसवर्ष समयमै सफाई गरिएको प्रभाव बढी परेको दावी गर्छिन् । उनले अघिल्ला वर्षहरुमा जस्तो सडकको पानी लामो समयसम्म जमेर बसेन । लगातार पानी परेर जमेको पानी पनि वर्षा रोकिदाँ नालामार्फत निकास भइसकेको धेरै नागरिकले बताएको उनी सुनाउँछिन् । उपप्रमुख कार्कीले प्रभावित परिवारको उद्धार तथा राहतमा सिंगो महानगरको टिम एकिकृत भएर लाग्दा सहज महशुस भएको सुनाउँछिन् ।

यसवर्ष विराटनगर महानगरपालिकामा चारसय घरपरिवार विस्थापित भएका थिए । विस्थापित भएर सुरक्षितस्थलमा सरेका उनीहरु बुधबारबाट सबै घर फर्किनेछन् । महानगरपालिकाका नगर प्रमुख पौडेलका अनुसार विराटनगर १२ मा ७० घरपरिवार, विराटनगर १६ मा ३०० घर विस्थापित भएका परिवारलाई उद्धारपछि स्वास्थ्य उपचार तथा खानपीनमा सहजीकरण गरिएको थियो । यी विस्थापित भएका घरपरिवार पनि प्राकृतिक रुपमा वर्षातका पानीको डुबानबाट नभई केशलियाका कारण हुन परेको थियो । जसको एउटै कारण भनेको केशलिया किनार कटान गरेर माटो तस्करी हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्