विराटनगर-काठमाडौं यातायात सेवा संचालन, बाटोमा कुनै अवरोध छैन : यातायाता व्यावसायी

<span class='c1'>विराटनगर-काठमाडौं यातायात सेवा संचालन, बाटोमा कुनै</span> <span class='c2'>अवरोध छैन : यातायाता व्यावसायी</span>

प्रेम देवान
विराटनगर । अविरल वर्षाका कारण दुई दिनसम्म अबरुद्ध भएको विराटनगर–काठमाडौं यातायात सेवा पुनः निर्वाध रूपमा सञ्चालनमा आएको छ । लगातारको वर्षाले केही स्थानमा सडक भासिनु र पहिरो झर्नुका कारण यातायात ठप्प भएको थियो । मौसम पुर्वानुमान महाशाखाले दशैंको टिकाको भोलीपल्टदेखी ठुलो बर्षा हुने आकंलन गरेको थियो । नभन्दै असोज १७ गतेदेखी परेको अविरल बर्षाले देशका विभिन्न स्थानमा ठुलो क्षति पुर्यायो ।


यता सरकारले तत्काल लामो दुरीको यातायातलाई दुईदिन सम्मको लागि रोक लगाएको थियो । सरकारले बेलैमा यो कदम चालेकाले ठुला दुर्घटनाहरु हुनबाट जोगिएको धेरै नागरिकहरुको भनाई छ । सरकारको यो कदमलाई लिएर धेरैले प्रसङ्गसा पनि गरेका छन् । यता बस व्यावसायीका अनुसार विराटनगर काठमान्डौका लागि बसहरु सहज रुपमा नै चल्न थालेको छ । पहिलै कै समय अनुसार ठुला बसहरु आउने जाने गरेको उनीहरुको भनाई छ ।


दुई दिनका लागि बन्द गरिएको बसहरु अहिले निर्वाध रुपमा चलिरहेको सुन्दर विराट यातायात प्रालिका संचालक हरि थापाले जानकारी दिनुभयो । अविरल बर्षाले निम्ताएको विषम परिस्थितीमा अहिलेको सरकारले बेलैमा ध्यान दिएको प्रति पनि उहाँले प्रसंसा गर्नुभयो ।
सरकारले असोज १८ र १९ गते लामो दुरीका यातायातहरु नचलाउन आग्रह गरेको थियो । तर २० रातीदेखी भने विराटनगरदेखी काठमान्डौको लागि रात्रीबसहरु संचालनमा रहेका छन् । उता सिन्धुलीको बिपि राजमार्ग भने सडक बगाएका कारण अवरोध छ । ठुला बसहरु हेटौडा , नारायणगड मुग्लिन हुदै काठमान्डौ जादै छ भने , हायस तथा मिनिबसहरु सिन्दुली हेटौडाबाट फरफिन र कुलेखानीको बाटो हुदै काठमान्डौ जाने गरेको अर्का यातायात व्यावसायी दिनेश थापाले जानकारी दिनुभयो ।


विराटनगरका यातायात व्यवसायी भीम अधिकारीका अनुसार विराटनगरबाट ठुला बस एक दर्जन र त्यसैगरी हायस माईक्रोहरु पनि एक दर्जनको हाराहारी संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्