अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टममा विराटनगरमा “चौथो म्युजिकल फेष्टिभल” लाईभ कन्र्सट हुदै

<span class='c1'>अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टममा विराटनगरमा “चौथो</span> <span class='c2'>म्युजिकल फेष्टिभल”  लाईभ कन्र्सट हुदै</span>

प्रेम देवान
विराटनगर । विराटनगरका संगीतप्रेमी युवाहरूमाझ खुशीको माहोल छाउदैछ असोज ३१ गते शुक्रबार । पहिलोपटक युवा पुस्तामा अत्यन्तै लोकप्रिय स्वर र पूर्ण राई एण्ड दाजुभाई टिम विराटनगरमा लाइभ प्रस्तुति दिने भएका छन् ।

विराटनगरमा विगत ४ बर्षदेखी निरन्तर यस्ता साँगितिक कार्यक्रम गराउदै आएको लाइभ इन्टरटेन्मेन्टले “चौथो विराटनगर म्युजिकल फेष्टिभल २०२५ ” गर्न लागेको हो । आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज ३१ विराटनगरको जैन भवनमा भव्य सन्ध्याकालिन साँगितीक साँझ हुने जनाएको छ । लाईभ ईन्टरटेन्मेन्टका निर्देशक तथा विराटनगर म्युजिकल फेष्टिभलका कार्यक्रम संयोजक सन्तोष महत ( स्यान्ट्रो ) का अनुसार फेष्टिभलमा स्वर र पूर्ण राई एण्ड दाजुभाईको अलवा स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुति रहनेछ । विराटनगरमा पहिलोपटक आउन लागेका स्वर व्याण्डले पनि संगितप्रेमीलाई उत्साहित बनाउने देखिन्छ । त्यसैगरी पूर्ण राई एण्ड दाजुभाईको पनि विराटनगरमा उत्तिकै फ्यानहरु छन् । यस अघि पनि विराटनगर आईसकेको दाजुभाईको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । अन्तराष्ट्रिय स्तरको डिवी टेक्नोलोजीमा धरानको सुन्दर साउण्ड सिस्टमले साउण्ड , लाईट स्टेज तथा स्कृनको लागि जिम्मा लिएको छ । विराटनगरमा हुन लागेको यस स्तरको म्युजिकल इभेन्टले पूर्वका संगीतप्रेमी युवाहरूमा उत्साह जगाउने देखिन्छ ।

आयोजकले कार्यक्रमलाई व्यवस्थित र सुरक्षा प्रदान गर्नको लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट अनुमति लिएर कार्यक्रमको तयारीमा जुटिरहेको छ । आयोजकका अनुसार कार्यक्रममा सहभागि हुनको लागि नर्मल टिकट ३ सय र भिआईपी १ हजारको रहेको छ । यसका लागि विराटनगरका विभिन्न रेष्टुरेण्ट तथा क्याफे सपहरुमा टिकटहरुको पनि उपलब्ध रहेको आयोजकले जनाएको छ । टिकटमार्फत संकलित रकमको केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने सेन्ट्रो महतले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा विराटनगरको ‘द स्मृती व्याण्ड’ लाई २५ बर्ष पुगेको अवसरमा विशेष सम्मान सहित सो व्याण्डको पनि विशेष प्रस्तुति रहने जनाइएको छ ।

साथै विराटनगरको शुभम एण्ड द ब्याण्डको सांगितिक प्रस्तुति र विराटनगरका स्थानीय डान्स क्लबहरूका आकर्षक नृत्य पनि रहनेछन् । कार्यक्रमको लागि साँझ ४ बजेदेखी गेट ओपन हुने हुने र कार्यक्रम स्थलमा स्थानिय परिकारहरुको स्वाद दिन फुड स्टलको पनि व्यावस्था गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्