विराटनगर–१२ मा घरभित्र प्रवेश गरी चोरीमा संलग्न तीनजना आरोपी पक्राउ

<span class='c1'>विराटनगर–१२ मा घरभित्र प्रवेश गरी</span> <span class='c2'>चोरीमा संलग्न तीनजना आरोपी पक्राउ</span>

विराटनगर । विराटनगरमा चोरी गर्ने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज ३ गते विराटनगर १२ कामत चौक निवासी संगिता यादवको घरमा प्रवेश गरेर खरानी रङ्गको ब्
यागमा भएको गरगहना तथा नगद लैजाने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार घटनामा संलग्नको खोजतलासका क्रममा गत बुधबार विराटनगर–१२ का धिरेन्द्र कामतसँग यादवको घरबाट हराएको खरानी रङ्गको ब्याग तथा गहना बरामद भएको थियो । ३१ वर्षीय कामतसँग सोधपुछ गर्ने क्रममा घटनामा अन्य दुईजना पनि संलग्न रहेको खुल्न आएपछि उनीहरुलाई समेत पक्राउ गरिएको हो ।

प्रहरीले घटनामा संलग्न आरोपमा धिरेन्द्रसहित विराटनगर–६ का २२ वर्षीय विवेक कामत र सुनसरी बर्जु गाउँपालिका–२ का २१ वर्षीय सुदिप कामतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्