विराटनगर असोज २७ ,
भारतको इन्डिया स्टार वर्ल्ड रेकर्ड्सले हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट कार्य गरेका पेशेवरहरूलाई सम्मान गर्न इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५ आयोजना गरेको छ। उक्त प्रतिष्ठित सम्मानका लागि विराटनगर नेपालका एस्पायर कलेजका एक्जिक्युटिभ शेफ अखिलेश प्रताप सिंह चयन भएका छन्।
शेफ सिंहले पाककला र हस्पिटालिटी क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान तथा समर्पित सेवाका कारण यो सम्मान प्राप्त गर्न सफल भएका हुन्।
शेफ सिंहले आफ्नो उत्कृष्ट कुलिनरी कौशल, सिर्जनात्मक सोच र नेतृत्व क्षमताबाट धेरैलाई प्रेरित गर्दै आएका कारण उक्त अवार्ड पाउन सफल भएका हुन् । उक्त अवार्डका लागि नेपाल,भारत लगायतका देशबाट बिभिन्न मानिसहरुले आवेदन दिएका थिए ।