विराटनगरमा सातहजार थान मालासहित गाडी प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगरमा सातहजार थान मालासहित</span> <span class='c2'>गाडी प्रहरी नियन्त्रणमा</span>

विराटनगर । भारतबाट अवैध भित्र्याउँदै गरेको सात हजार फूलको माला बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतमा फर्मालिन प्रयोग गरिएका सयपत्री फूलका माला बोकेको पिकअप गाडीलाई विराटनगर बरगाछीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका २ का सतनारायण यादव चालक रहेको को २ च १६३४ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा तिहारलाई लक्षित गरेर भित्र्याइएको फूलको माला फेला पारेको थियो । गाडीमा रहेको माला एकलाख २० हजार मूल्य बराबरको रहेको थियो ।

त्यसैगरी ७० केजी बन्डेड तार समेत गाडीमा फेला पारेर त्यसको भन्सार बुझाएको बिल तथा अन्य कागजात माग्दा चालकले दिन सकेका थिएनन् । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले नियन्त्रणमा लिइएको गाडी तथा सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्