३५ दिनपछि मोरङमा राष्ट्रिय परिचय पत्र बनाउन पुनः सुरु, निर्माण व्यावसायीले बनाईदिए नयाँ भवन

<span class='c1'>३५ दिनपछि मोरङमा राष्ट्रिय परिचय पत्र बनाउन</span> <span class='c2'>पुनः सुरु, निर्माण व्यावसायीले बनाईदिए नयाँ भवन</span>

विराटनगर । निर्माण व्यवसायी संघ मोरङले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङका लागि एउटा भवन निर्माण गरी हस्तान्तरण गरेको छ । संघले निर्माण गरेको भवन बुधबार संघका पदाधिकारीहरुले एक कार्यक्रम विच जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्त्रण गरेका छन् ।

 

करिब २० लाखको लागतमा बनेको उक्त भवनबाट अब राष्ट्रिय परिचयपत्र बनाउने र वितरण कार्य सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संघका अध्यक्ष महेशकुमार मिश्रले सामाजिक सेवामा निर्माण व्यवसायीको योगदान आवश्यक भएको बताउँदै जनतासँग प्रत्यक्ष जोडिएको प्रशासनिक कार्यलाई सहज भन्ने उदेस्यले भवन निर्माणको लागि सहयोग गरिएको बताउनुभयो । भवन निर्माणसँगै कार्यालयको मुख्य भवनमा रंगरोगनका कामहरु पनि गरिएको उहाँले जानकारी दिनुभयो ।

 

निर्माण व्यवसायी संघ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङको नयाँ संरचना निर्माण र पुराना संरचनाको मर्मत सम्भार सहित झ्याल ढोका निर्माणका लागि २० लाख रुपैयाँ खर्च गरेको संघको कोषाध्यक्ष पप्पु यादवले जानकारी दिनुभयो । नयाँ बनाइएको संरचनाको भवनबाट जिल्ला प्रशासन कार्यालय मोरङले बुधबारदेखि परिचय पत्र बनाउने सेवा सुरु गरेको छ ।

यता मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नयाँ संरचनाको उद्घाटन गर्दै, भने ‘यो विसम परिस्थीतिमा जनतालाई आवश्यक पर्ने भवन निर्माण गरेर महान कार्य गर्नुभएको छ, ‘‘निर्माण व्याव्यायीसंघको सहयोगी हातहरुलाई धन्यवाद प्रकटगर्दछु ।’’ हामीले अझै ६ महिना सम्म केही गर्न सकिदैन होला सोचेका थियौ, तर धेरै सहयोगी संघसस्थाका मनहरुले सवारी साधनदेखी भवन निर्माण र आवश्यक पर्ने फर्निचरहरु सहयोग गर्नुभएको छ यसले गर्दा जनताको कामहरु हामीले छिटोछरितो रुपमा गर्न सजिलो हुने भएको छ ।’ जेन्जी आन्दोलनको क्रममा भदौ २३र २४ गते जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय पनि तोडफोड र आगजनी गरेर ध्वस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्