झुम्का र सिन्धुली कारागारबाट फरार भएका दुई कैदी मोरङमा पक्राउ

<span class='c1'>झुम्का र सिन्धुली कारागारबाट फरार</span> <span class='c2'>भएका दुई कैदी मोरङमा पक्राउ</span>

विराटनगर । गत भदौ २४ गते सुनसरीको झुम्का कारागार र सिन्धुली कारागारबाट भागेका दुईजना कैदी मोरङमा पक्राउ परेका छन् । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीया अभिषेक जैसवाल विराटनगर महानगरपालिका १६ दरैयामा स्कुटर चोरी गरेर भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार जैसवाल कागजात बिनाको स्कुटरमा रहेका बखत इलाका प्रहरी कार्यालय रानीले सोधपुछ गर्ने क्रममा झुम्का कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका खुल्न आएको थियो ।

नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा जैसवालले विराटनगर महानगरपालिका–१ नेताचौकबाट स्कुटर चोरी गरेर ल्याएको खुलेको प्रवक्ता चुँडालले जानकारी दिइन् । प्रहरीले जैसवाललाई बुधबार राती १०ः ३० बजे पक्राउ गरेको थियो ।

यसैगरी सिन्धुली कारागारमा जर्बरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएर भुक्तान गरिरहेका मोरङ धनपालथान गाउँपालिका–३ का ३९ वर्षीय उपेन मण्डललाई आफ्नै घरबाट पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले विशेष सूचनाका आधारमा घरमै बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो । मण्डल पनि गत भदौ २४ गते कारागारबाट भागेका कैदी हुन् । मण्डललाई बिहीबार नियन्त्रणमा लिइएको हो । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता चुँडालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्