कोशीका सात उद्योगबाट तीन अर्ब बढी बक्यौता : चारलाई अदालतको कभर, दुईवटाको लाइन काटिने संभावना

<span class='c1'>कोशीका सात उद्योगबाट तीन अर्ब बढी बक्यौता :</span> <span class='c2'>चारलाई अदालतको कभर, दुईवटाको लाइन काटिने संभावना</span>

विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगले बुझाउनुपर्ने बक्यौता हर्जनाले वर्षेनी बढ्दो छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढुक्कसँग बसेका छन् । जसको बक्यौता पनि भारी छ । विराटनगरको रघुपति जुट मिल, बाबा जुट मिल, सुनसरीको अरिहन्त मल्टिफाइबर्स र अरिहन्त पोलिप्याकबाट तत्काल बक्यौता असुल गर्ने बाटो बन्द छ । यी उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका कारण अहिले नै कारवाही गर्ने अवस्था नरहेको हो ।

नेपाल बिद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख राजीवकुमार सिंहका अनुसार बाँकी तीनवटा उद्योगमध्ये धनकुटाको निगाले सिमेन्ट आफैं बन्द अवस्थामा रहेको छ । सुनसरीको रिलायन्स स्पिनिङ र उदयपुरको उदयपुर सिमेन्टको सम्बन्धमा पछिल्लो पटक दिएको म्याद गुज्रेपछि नेपाल बिद्युत प्राधिकरणले दिएको म्याद अवधीपछि थप निर्णयका आधारमा कारवाही चलाइने सिंहले जानकारी दिनुभयो ।

कोशीका सात उद्योगमध्ये रघुपति जुट मिल्सबाट २२ करोड ८१ लाख ७५ हजार ६२३ रुपिँया ४८ पैसा असुल्नुपर्ने रकम देखिन्छ । यसैगरी कटहरीको बाबा जुट मिलबाट ६ करोड ३५ लाख ९३ हजार ९९२ रुपिँया ५६ पैसा असुल्नुपर्ने रकम रहेको छ । प्रादेशिक कार्यालय कोशीका इलेक्ट्रिकल फोरमेन निमेश देवका अनुसार असोजसम्मको बक्यौता बुझाउन उदयपुर सिमेन्ट उद्योगले ५६ करोड ४३ लाख ४८ हजार ८२६ दशमलव ६१ रुपिँया रहेको छ । यसैगरी सुनसरीको रिलायन्स स्पिनिङ मिल्सको २ अर्ब १८ करोड ३६ लाख २१३ रुपिँया ३९ पैसा रहेको छ । यो उद्योगको लाइन काटिनसक्ने संभावना रहेको प्रादेशिक कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो ।

यसैगरी धनकुटाको निगाले सिमेन्ट प्रालिले १५ करोड ९६ लाख ९१ ह्जार ५७४ रुपिँया बुझाउनुपर्ने बक्यौता रहेको छ । सुनसरीकै अरिहन्त मल्टीफाइवर लि. ८ करोड ७९ लाख ७७ हजार ७२४ रुपिँया ६० र अरिहन्त पोलिप्याक लि.ले ४ करोड ३६ लाख ५३ हजार ७१९ रुपिँया ७० पैसा रहेको छ ।
डेडिकेटेड तथा ट्रकलाइनबाट बिद्युत उपभोग गर्ने यी उद्योगमध्ये तत्काल रिलायन्स स्पिनिङमाथि कारवाही बढाइने छ । जुन उद्योगको बक्यौता दुई अर्ब भन्दा माथि रहेको छ । यसैगरी उदयपुर सिमेन्टलाई समेत कारवाही अगाडी बढाउने तयारी गरिएको प्रादेशिक कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँले अन्तिम पटक दिएको म्याद सकिने क्रममा अन्यन्त्रका कतिपय उद्योगले बक्यौता बुझाएको खबर आउँदा कोशीका उद्योग अहिलेसम्म अटेरी गरिरहेकोले कारवाही गरेर बढ्ने दावी गनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्