मोरङमा राती १० बजेपछि देउसी–भैलो खेल्न निषेध, अनुशासनपूर्ण रूपमा मनाउन आग्रह

<span class='c1'>मोरङमा राती १० बजेपछि देउसी–भैलो खेल्न</span> <span class='c2'>निषेध, अनुशासनपूर्ण रूपमा मनाउन आग्रह</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । दशैंपछि सुरु हुने तिहार पर्वका अवसरमा विभिन्न स्थानमा हुने देउसी–भैलो, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू मर्यादित र अनुशासनपूर्ण तरिकाले मनाउन आग्रह गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने व्यवस्था गरिएको हो । प्रजिअ यादवले देउसी–भैलोका क्रममा विस्फोटक पदार्थ वा पटका नपड्काउन पनि अनुरोध गरेका छन् । कानून विपरीतका गतिविधि पाए कारबाही हुने चेतावनी समेत दिएका छन् । साथै शंकास्पद गतिविधी गरेको देखिए तत्काल १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।
चाडवाडको बहानामा धार्मिक, जातिय वा सामाजिक सदभावमा खलल पुर्याउने कुनै पनि गतिविधि साथै मनोरञ्जनको नाममा गैर कानूनी रूपमा चिठ्ठा, जुवातास, कौंडा, लंगुरबुर्जा, सट्टाबाजीजस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्ने र नगराउन पनि आग्रह गरेको छ ।


चार्डपर्वको समयमा सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिनें, ट्राफिक नियमको पालना गर्ने र गराउने, यात्रुहरुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरी युनिटमा सम्पर्क गर्न पनि प्रशासनले आमनागरिकमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तह, सुरक्षा निकाय र नागरिकलाई तिहार पर्वका अवसरमा शान्ति, सद्भाव र मर्यादामा रहि पर्व मनाउन सहयोग गर्न आग्रह गरेको छ । हाम्रो तर्फबाट पनि सम्पुर्ण नेपालीहरुमा शुभदिपावली तथा छठ पर्वको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्