विराटनगर । विराटनगर र कटहरीको सिमाना भएर बग्ने सिंघीया खोलामा विष हालिएका कारण खोलाका माछा सहितका हजारौं जलचर मरेका छन ।
मोरङको बुढीगंगासहित,विराटनगर,कटहरी र जहदा गाउँपालिकाको धार्मिक,सांस्कृतिक र सामाजिक जीवनसंग प्रत्यक्ष जोडिएको सिंघिया खोला विष फाल्दा खोलाका सबै माछा मरेका छन् ।
शुक्रबार बिहान खोलाका माछा र जलचर रहस्यमय ढंगले अचेत भएर पानीमाथि तैरिन थालेपछि स्थानियले संकलन गरी घरमा ल्याएका छन् । सो क्रममा आसपासका बासिन्दाले कयौं क्विन्टल माछा र गंगटा संकलन गरेका छन् । विराटनगर १ का महेन्द्र सहनीले खोला छेउको पसलमा एकाबिहानै चिया खान गएको बेला माछा मार्नेहरु भीड देखेको र सोहि क्रममा आफुले समेत ३ केजी तौलको बोआरी माछा समाउन सफल भएको बताए ।

गत बर्ष पनि मंसिर ९ गते र त्यसलगत्तै मंसिर १५ गतेगरि दुईपटक यसै खोलामा बिष हालिएको थियो । त्यो बेला पनि माछा,गंगटा,भ्यागुता र सर्प लगायतका जलचहरु समुल नष्ट भएका थिए । माछामार्ने उद्धेश्यले आपराधिक तत्वले खोलामा विष मिसाउने गरेपनि त्यस कारण माछा मात्र मर्ने नभई पानीमा बस्ने सबै जीवहरु मर्ने र त्यसले जैविक विविधतामा गम्भिर असरपरिरहेको छ ।
घटनालाई प्रहरी प्रशासनले गम्भिरतापूर्वक नलिनेगरेकाले घटना दोहोरिंदै आएको स्थानीयको भनाई । कटहरी गाँउपालीकाका अध्यक्ष देवराज चौधरीले खोलाको सिरानतिरैबाट बिष हालेको वा औद्योगिक प्रदूषण मिसाएका कारण जलचर मरेको हुनसक्ने आशंका गरे । उनले यसप्रकारको घटना निरुत्साहित गर्न प्रहरी,प्रशासनले दोषी पत्ता लगाउनुका साथै सम्बद्ध पालिकाहरुलेपनि चासो दिनुपर्ने बताए ।