विराटनगरमा कडाई गरिएपछि बाटो फेरेर बर्जुबाट रातभर तस्करी

<span class='c1'>विराटनगरमा कडाई गरिएपछि बाटो</span> <span class='c2'>फेरेर बर्जुबाट रातभर तस्करी</span>

विराटनगर । भारतबाट अवैध रुपमा वस्तु भित्र्याउने समूह केशलिया खोलाको बाटो हुँदै सुनसरीको बर्जु गाउँपालिका भीमपुर–गुरुङ टोलको बाटो समाउन थालेपछि त्यहाँका स्थानीय युवाले रात्री गस्ती गर्ने तयारी थालेका छन् । भारतबाट विभिन्न वस्तु नेपाल भित्र्याउने र नेपालबाट गाँजा तस्करी गरेर लैजानेको संख्या पछिल्लो दिनमा बढेपछि स्थानीयवासी त्यसको विरोधमा उत्रन रातभर गस्ती गर्ने अवस्थामा पुगेका हुन् ।

गत असोज २९ गते सुनसरीको बर्जु गाउँपालिका–३ खरी टोलमा ९ बजे स्थानीय युवाहरुले ३०७ केजी ७७५ ग्राम गाँजा बरामद गरेर प्रहरीलाई बुझाएका थिए । सीमा नजिक सेतो नम्बरको पिकअप भ्यानबाट गाँजा अनलोड गरिरहेको बेला उनीहरुले प्रहरीलाई खबर गरेका थिए । अन्य विवरण यकिन गर्न नसकिएपनि पिकअपको नम्बर ४७६० नोट गरेपछि गाडी भागेको थियो भने प्रहरी समेत आइपुगेको थियो ।
गाँजाको खुल्लेआम कारोबार भइरहेको भिडियो समेत युवाहरुले कैद गरेर प्रहरीलाई बुझाएको जानकारी दिएका छन् । संलग्नहरुको पहिचान गरेर प्रहरीलाई कारवाहीका लागि दवाव दिइरहेपनि अहिलेसम्म पक्राउ नपरेको गुनासो उनीहरुको छ । स्थानीय जेनजी युवाका अनुसार प्रहरीलाई खबर गर्नसाथ सेतो पिकअप गाडीबाट गाँजा झारेर कारोबारी हिँडे । त्यसपछि प्रहरी घटनास्थलमा आइपुगेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा आइपुग्दा आधाउधी गाँजा सीमा कटाइसकिएको थियो । आधा गाँजा बरामद भयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा आउँदा युवाहरुले गाँजा नियन्त्रणमा लिइसकेका थिए । प्रहरी चौकी अमडुवाको टोलिले इलाका प्रहरी कार्यालय दुहबीमा बुझाएको गाँजा ३०७ केजी ७७५ ग्राम थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बरामद भएको गाँजासहित ओसारपसारमा संलग्नहरु विरुद्ध मुद्दा चलाउने प्रक्रिया थालिएको जानकारी दिएका छन् । गाँजा कारोबारमा संलग्नहरुको पहिचान हुन नसकेको उनको दावी छ । प्रहरीलाई खबर गरे लगतै पुग्दा सेतो बेलेरो पिकअपमा गाँजा झार्दै गरेको समूह फरार भएको उनको भनाई छ ।

विराटनगरको रानीसहित मोरङका नाकामा केहि कडाई गरिएपछि तस्करहरुले बाटो बदलेर सुनसरीको बर्जु हुँदै भन्सार छलेका सामान भित्र्याउन थालेका छन् । केशलिया खोलाको पूर्वतर्फको तिर मोरङको विराटनगर महानगरपालिका र पश्चिमतर्फ सुनसरीको बर्जु गाउँपालिका पर्दछ । गाँजा समाएर बुझाएका युवाहरुले ३१ गते राती त्यहि बाटो भएर २० जनाले भित्र्याउँदै गरेको कपडा बरामद गर्न खोजेका थिए । तर, टाउकोमा सामान बोकेर हिडिरहेका व्यक्तिको पछाडी २० वटा बाइकमा अर्को समूहले स्कटिङ गरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त सामान समाउन सक्यो कि सकेन भन्ने अहिलेसम्म यकिन नभएको उनीहरु बताउँछन् । प्रहरी उपरीक्षक थेबेले सीमाबाट हुने कुनैपनि अवैध कारोबार रोक्न प्रहरी तयार रहेको तर स्थानीयले त्यसका लागि सहयोग गर्नुपर्ने जरुरी रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्