विराटनगर । तिहारको लागि भारतबाट ल्याएको अवैध सयपत्री फूल खाल्डो खनेर नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित रानीक्षेत्र गुल्म र प्लान्ट क्वारेन्टाइन कार्यालय रानी विराटनगरको संयुक्त टोलीले भारतबाट चोरीपैठारी गरी ल्याइएका सयपत्री फूल र हरियो तरकारी बरामद गरी नष्ट गरेको छ । करिब ३ सय केजी सयपत्री फूल र ९० केजी हरियो तरकारी खाल्डो खनेर नष्ट गरिएको छ ।

सुरक्षा निकायका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य ९९ हजार रुपैयाँ रहेको जनाएको छ । दरैया सीमाक्षेत्र हुँदै ल्याइएको उक्त सामग्री बाहिरी मुलुकमा निर्भरता घटाउने उद्देश्यले नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म रानी विराटनगरका सहायक प्रहरी निरीक्षक तारानाथ गौतम, प्लान्ट क्वारेन्टाइन कार्यालय रानी विराटनगरका बरिष्ठ बाली संरक्षक अधिकृत नन्द किशोर सिह र स्थानियवासीको संयुक्त उपस्थिीमा सो फूल नष्ट गरिएको हो ।
