विराटनगर । नेपाल सम्वत् ११४६ अर्थात न्हू दया भिन्तुना बुधबार विराटनगरमा भव्य रूपमा मनाइएको छ । नेपाल भाषा तथा साँस्कृतिक संघ झी पुचः बंगलामुखी विराटनगरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम तथा मोटरसाइकल ¥यालीसहित नयाँ वर्षको अवसरमा उत्सव मनाइएको हो ।

कार्यक्रम अन्तर्गत बुधबार बिहान संघका पदाधिकारी , कार्य समिति सदस्य तथा विराटनगरमा बसोबास गर्दै आएका नेवारी समुदायहरुको सहभागितामा सांस्कृतिक ¥याली विराटनगरका विभिन्न सडकहरू परिक्रमा गरिएको थियो । नेवारी पोसाकमा सजिएरका सहभागीहरुले बंगलामुखी मन्दिरदेखी निस्कीएको ¥याली रानी बोर्डर हुदै भट्टीमोड, रोडशेष बरगाछी कंचलनबारीबाट तिनपैनी हुदै पुन मन्दिरमा आएर टुङ्खिएको थियो ।

संघका अध्यक्ष भविष कुमार श्रेष्ठका अनुसार नेपाल सम्वत् नेपालको मौलिक पंचाङ्ग हो र यसलाई नयाँ वर्षका रूपमा देशभर प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता छ । उनले भने, “नेपाल सम्वत् हाम्रो पहिचान हो, यसलाई जोगाउनु र नयाँ पुस्तामा प्रचार गर्नु सबै नेपालीको जिम्मेवारी हो ।”

कार्यक्रममा सहभागीहरूले न्हू दया भिन्तुना (नयाँ वर्ष) शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षले शान्ति, समृद्धि र एकता ल्याओस् भन्ने कामना गरेका थिए ।

