नेपाली सेना सहित विराटनगरमा कफ्र्युको पूर्व तयारी अभ्यास

<span class='c1'>नेपाली सेना सहित विराटनगरमा</span> <span class='c2'>कफ्र्युको पूर्व तयारी अभ्यास</span>

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सुरक्षात्मक तयारी सुदृढ पार्ने उद्देश्यले आईतबार  संयुक्त कफ्र्यु पूर्व तयारी अभ्यास गरिएको छ ।
विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम परिसर र वडा नं ३ मा रहेको प्रदेश प्रमुखको निवास अगाडि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब ४० जना सुरक्षाकर्मीहरुको सहभागितामा अभ्यास गरिएको हो ।


अभ्यासका क्रममा कफ्र्यु लागू हुनु अघि अपनाइने सुरक्षा व्यवस्थापन, समन्वय प्रक्रिया र आकस्मिक अवस्थाको प्रतिकार उपायबारे संयुक्त अभ्यास गरिएको जनाइएको छ ।
सुरक्षासम्बन्धी तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको सो अभ्यासले विभिन्न निकायबीचको सहकार्य र समन्वय सुदृढ गर्ने अपेक्षा गरिएको छ । स्थानीय प्रशासनका अनुसार, यस्तो संयुक्त अभ्यासले आपतकालीन अवस्था वा कफ्र्यु लागू हुने सम्भावित अवस्थामा सुरक्षाकर्मीहरूको तत्परता र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्