विराटनगर । विराटनगर लगायत तराई मधेशमा हर्सोल्लाका साथ मनाइने छठपर्वको रौनक यति बेला विराटनगरको बजारमा देख्न सकिन्छ । शनिबारबाट सुरुभएको यो पर्व चार दिनसम्म विभिन्न विधि गर्दै छठ पर्व मनाउने चलन छ । विशेषगरी तराई जिल्लाको मोरङ, सुनसरी, झापा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बारा, पर्सा लगायत काठमान्डौमा पनि धुमधामका साथ मनाउन थालिएको छ । पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि मनाउन प्रचलन बढ्दै गएको छ ।
यता छठ पुजामा आवश्यक पर्ने सामाग्री किन्नेहरुको यतिवेला विराटनगर बजारमा भिड बढेको छ ।

विराटनगरको मुख्य बजार पुरानो गुद्री, महाविर चौक , पन्चमुखी हनुमान मन्दिर चौक, सरोचिया लगायतका ठाँउहरुमा अहिले पुजाको सामाग्रीहरु किन्ने र बेच्नेको भीड देख्न सकिन्छ । बजारमा विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको बोट , पानी सिगडा, भोगटे, ज्यामिरी, नरिबल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, दियो , माटोको भाडा,माटोको चुलोहरु बेच्न राखिएका छन् ।

यसैविच छठ पुजाको लागि विराटनगरको सिंघिया खोला , केशलिया , मन्टा पोखरी, सुनसरी मोरङ सिचाई आयोजनाको नहर अहिले सरसफाई पस्चात साज सज्जावटका कामहरु धमाधम भईरहेको छ ।

भक्तजहरुले छठ पुजा गर्नको लागि घाटहरु निर्माण गर्नेदेखी सरसफाईका कामहरु पस्चात सिंघार्ने काम पनि अहिले धमाधम भईरहेको दृष्यहरु देख्न सकिन्छ । घरदेखी घाट सम्म पुग्ने विभिन्न ठाँउहरुमा आर्कषित ढंगबाट स्वगतद्धारहरु पनि बनाइएको छ । छठ पुजाको दिन विराटनगरका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेको छ । भोली सोमबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिईएर रातभरी घाट स्थलमा जाग्राम बस्ने चलन छ । त्यसपछि वर्तालुहरुले पर्सी शनिबार विहानै जलासयमा पुगेर उदाँउदो सुर्यको पुन अर्घदिईर छठ पर्व समापन हुने गर्दछ ।
