विराटनगरका ११८ सिसी टिभीमा क्षति, दुर्घटनादेखि अपराध अनुसन्धानमा असर

<span class='c1'>विराटनगरका ११८ सिसी टिभीमा क्षति,</span> <span class='c2'>दुर्घटनादेखि अपराध अनुसन्धानमा असर</span>

विराटनगर । गत कार्तिक ५ गते विराटनगर १ पोखरीया शंकरटोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग अन्तर्गत टिभीएस सोरुम अगाडी सवारीले ठक्कर दियो । प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, सख्त घाइते उनको आँखामा गहिरो चोट छ, शरीरको दाहीने पाटो चल्दैन, कम्मरमुनीको भागमा चोटैचोट रहेको छ । घाईते १७ वर्षीय खनालकी काकी प्रेमु सापकोटा खनालका अनुसार कम्मरको शल्याक्रिया बुधबार हुने तयारी गरिएको छ । नोबेल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।

गत असोज २७ गते विराटनगरको जलजलामोडमा कारले मोटरसाइकललाई ठक्कर दिएर दुईजना घाइते भएको घटनामा समेत कारधनी वा चालक अहिलेसम्म फेला पार्न सकिएको छैन । राती ११ बजे प्रदेश १–०४–००१ प ८५८० नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएर भागेको थियो । दुर्घटनामा मोरङ धनपालथान–४ का ५२ वर्षीय मोजिम अन्सारी र २८ वर्षीय सिन्धु साह घाइते भएका भएका थिए । उनीहरुको न्यूरो अस्पतालमा उपचार भएको थियो ।

सेतो रङ्गको ओमोदा ब्राण्डको कारले ठक्कर दिएको देखिएपनि नम्बर यकिन हुन कठिन भयो । यी दुवै घटना साँझ परिसकेपछिका हुन् । कोशी राजमार्गको टिभीएस सोरुम अगाडी भएको दुर्घटनामा सवारीको पहिचान नै हुन सकेको छैन । असोज २७ गते भएको दुर्घटनामा पनि सवारीको ब्राण्ड र रङ्ग थाहा भएपनि नम्बर यकिन हुन सकेको छैन । मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाँलका अनुसार प्रविधिले अपराधका घटना अनुसन्धानमा सहयोग गर्दै आएको थियो । सहरका सडकमा हुने दुर्घटनामा पीडित र पीडक छुट्याउन पनि सहज थियो । तर, पछिल्लो समय सहर प्रविधिविहीन भएको छ । जसका कारण सवारी दुर्घटनादेखि अपराधका घटना अनुसन्धानमा समेत प्रहरीलाई हम्बेहम्बे परिरहेको हो ।

प्रवक्ता चुडाँलका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मोरङका १४७ स्थानमा रहेका सिसी टिभीमध्ये ११८ स्थानका सिसी टिभीमा क्षति पुगेको छ । त्यसमा पनि मुख्य सहर विराटनगरमा महत्वपूर्ण चहलपहल हुने स्थानका सबै सिसी टिभी फुटाइएका छन् । यसले यहाँको अवस्थितिलाई अध्ययन गर्न सहज बनाएको छैन । प्रहरीलाई पनि रातपरेपछिको गस्ती निस्कन सहज छैन । ट्राफिक प्रहरी पनि स्रोत र साधन अभावले रात्रिकालिन सवारी आवागमनको अवस्था निगरानी गर्न निस्कने गरेको छैन ।

मोरङको लेटाङ नगरपालिकामा गत असोज २१ गतेदेखि वेपत्ता पारिएकी १३ वर्षीया अंशु गौतमको उद्धारमा समेत प्रहरीलाई प्रविधि अभाव खड्किएको थियो । गौतमको शव १८ दिनपछि बीभत्स हत्या भएको अवस्थामा लेटाङ २ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा टुक्राटुक्रा पारिएको अवस्थामा फेला परेको छ । घरबाट पिङ्ग खेल्न निस्केकी बालिकाको अपहरणपछि बलात्कार गरेर हत्या भएको प्रारम्भिक अवस्थामा देखिएको छ ।

प्रवक्ता चुडाँलका अनुसार उक्त घटनामा अहिलेसम्म एउटा क्लूबाहेक अन्य कहिं फेला पार्न सकिएको छैन । बचेको एउटा सिसी टिभीमा उनी एक्लै देखिए बाहेक अन्य कुनैपनि सुराक नपाउँदा शव फेला परेपनि संलग्नको पहिचान हुन नसकेको हो । घटना अनुसन्धानमा अहिले जिल्ला, प्रदेश र केन्द्रको टोलि केन्द्रीत भएको प्रवक्ता चुडाँलले जानकारी दिएकी छिन् । घटनापछि सुरक्षा संयन्त्रमा चिन्ता छाएको छ । तर, पहिचानको संलग्न बारे अनभिज्ञता हुनु परेको छ ।

सिसी टिभीमा पुगेको क्षतिले अहिले अपराधबाट हुने क्षति पनि बढाउँदै छ । विराटनगरमा भएका पछिल्ला दुई दुर्घटनामा संलग्नको पहिचानमा भएको असहज अवस्था वा लेटाङमा भएको जघन्य अपराधमा संलग्नको पहिचानमा भएको समस्या यसैको कारण रहेको प्रहरीको बुझाई छ । प्रवक्ता चुडालले तत्काल सिसी टिभी लगाउन प्रहरीसँग स्रोत छैन । यस अगाडी पनि निजी क्षेत्रलगायत दातासँगको सहकार्यमा जडान गरिएका सिसी टिभी आन्दोलनको निशानामा परेपछि समस्यामा अपराध अनुसन्धान गर्ने पाटो परेको हो । सहयोगको अपेक्षा राखिएपनि प्रस्ताव लिएर प्रहरी पुग्न सहज मानिरहेको छैन । किनकी सरकारी संरचनामा पुगेको क्षति र त्यसको मर्मतमा अहिले निजी क्षेत्रले सहयोग गरिरहेको छ । यस्तो बेला सडकका सिसी टिभीका लागि सहयोग माग्न प्रहरीलाई मन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्